
लन्डन । लन्डनस्थित नेपाली दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोल आफ्नो चार वर्षे कार्यकाल सकेर भोलि बिहीबार नेपाल फर्कंदैछन् । नेपाल फर्कनु अघि दूतावास कर्मचारीहरुले मंगलबार डंगोलको विदाइ गरेका छन् ।
उक्त अवसरमा कार्यवहाक राजदूत शरदराज आरन र सैनिक सहचारी
प्रदीपजंग केसीले डंगोललाई मायाको चिनो प्रदान गर्दै आगामी दिनमा अरु सफलता मिलोस् भन्ने कामना गरे । दूतावासमा रहंदा डंगोलले
आफ्नो जिम्मेवारी वहनमा कुनै कमी हुन नदिएको भन्दै उनीहरुले कामको प्रशंसा समेत गरेका थिए ।
डंगोलले चार वर्ष अवधिमा दूतावासबाट प्राप्त सहयोग र साथप्रति कृतज्ञता व्यक्त गरे ।
मिलनसार र कामप्रति बफादार डंगोल बेलायतको नेपाली समुदायमा राम्रो छाप छाडेर जांदैछन् । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को समयसीमा होस् वा बेलायतका विभिन्न शहरमा एमआरपी फाराम लिन घरदैलो कार्यक्रम, भीडमा काम गर्न उनी कहिल्यै विचलित भएनन् । कामको अत्यधिक चापमा पनि उनी कसैको काममा नाइ भन्न सक्दैनथे ।
डंगोलले वीनेपालीसंग कुरा गर्दै बेलायतबाट आफूले धेरै सिकेको र आफ्नो कामबाट सन्तुष्ट रहेको बताए । उनले बेलायतस्थित नेपाली समुदायबाट अत्यधिक माया पाएको बताउंदै दूतावासका अन्य कर्मचारीहरुले पनि उस्तै सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
वि.स. २०३८ सालमा परराष्ट्र सेवा प्रवेश गरेका डंगोल नेपाल पुगेको तीन दिनपछि अवकास लिंदैछन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार