मन्दिरमा छ कि मुर्तीमा माया
पानी हो कि खोलाले धोएको तिम्रो छाया
ढुंगामा छ कि तस्बिरमा त्यो माया
दोबाटो हो कि चौतारीमा तिमी कहाँ
पर्खिबसेको चौतारीहरुमा तिमी आउंछौ कि भनेर
कुरेको मोडहरुमा आफ्नो भन्छौ कि सोचेर
कुन मोडमा तिमी मलाई आफ्नो भन्छौ दुनियालाई
कुन पलमा तिमी मलाई माया गर्छौ खुलेर धेरै
मन्दिरमा छ कि मुर्तीमा माया
हिंडेको दोबाटोमा संगै, हरायौ तिमी कहाँ
आँखाहरुमा छ कि त्यो नजरमा माया
जिउने संगै सोच तर हराएको सपनीमा जहाँ
मन्दिरमा छ कि मुर्तीमा माया
पानी हो कि खोलाले धोएको तिम्रो छाया
आशु र पीडाहरु सबै मलाई
खुशीहरु दिनेछु धेरै तिमीलाई
बाचा र कसमहरु किन, कसलाई?
जब टाढा नहुने म कहिले कतै
मन्दिरमा छ कि मुर्तीमा माया
ढुंगामा छ कि तस्बिरमा त्यो माया
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा