लन्डन । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (मह जोडी) लगायत कलाकार सम्मिलित मह यात्रामा सहभागी लोकगायक बद्री पंगेनीलाई आयोजकले हेपेका छन् ।
बेलायतमा आयोजित मह यात्रामा गायिका अन्जु पन्तको भिसा नलागेपछि उनको ‘रिप्लेस्मेन्ट’ मा बोलाइएका गायक पंगेनीलाई आयोजकले धन्यवाद समेत नभनेका हुन् ।
महयात्रा सम्पन्न भएपछि कार्यक्रम संयोजक कुल आचार्यले एक विज्ञप्ति प्रकाशित गर्दै मह यात्रामा संलग्न मह जोडी, नरेन्द्र कंसाकार, मोहित आचार्य, मिडिया, प्रायोजक र अन्य सबै सहयोगीलाई कृतज्ञता व्यक्त गरे तर धेरै दर्शक बटुल्ने गायक पंगेनीको भने एक शब्द पनि उच्चारण गरेनन् । संयोजक आचार्यले आफ्नो फेसबुकमा उक्त प्रेस विज्ञप्ति अपडेट गरेपछि गायक पंगेनीले कमेन्ट्स गर्दै ‘दाइ उक्त कार्यक्रममा तपाईंले भुलेपनि एउटा सानो गायक बद्री पंगेनी पनि थियो है’ भनेका छन् । बरु, पंगेनीले उल्टै आयोजकलाई धन्यवाद दिएका छन् । आचार्यले भने पंगेनीको जवाफ दिएका छैनन् ।
गायक पंगेनीले वी नेपाली डट कमसँग कुरा गर्दै आयोजकले वास्ता नगरेकामा दुःख लागेको बताए । आयोजकहरुले भुलेपनि मह यात्रामा सहभागी भएर दर्शकको माया बटुल्न सकेकोमा खुशी नै थिए पंगेनी । अल्डरसट, ह्यारो, उलीच र फोकस्टोनमा आयोजित महयात्रामा पंगेनीको लोक गायनलाई धेरैले रुचाए । उनका अझै लन्डन, स्कटल्याण्ड लगायत ठाउँमा आधा दर्जन बढी कन्सर्ट हुँदैछन् ।
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह