
सुन सुन म केहि भन्छु
पञ्चायत र प्रजातन्त्रको कथा हो यो
आए पञ्चे मान्छेको भयो बोली बन्द
मरे जनता, प्रजातन्त्रका लागि लडाईं थियो त्यो
सबै रमाए प्रजातन्त्र आयो, धत्तेरी सधैं नेपाल बन्द
सुन सुन म केहि भन्छु
नेपाल र नेपालीको कथा हो यो
बागमती र विष्णुमति सधंै सधैं दुर्गन्ध
बार्ह घन्टे लोड सेडिंग, पानीको धनी देश यो
काम छैन् नेपाली छिरे अरब अनि विश्वको कुन काप्चा
सुन सुन म केहि भन्छु
श्री पांच र लोकतन्त्रको कथा हो
ज्ञानेन्द्र राजा भए, राजपरिवार अरु सबै सखाप
मार्यो जनता आयो माओबादी लोकतन्त्र यस्तो पो रे
छ छ महिनामा सरकार परिवर्तन धन्य तिमी प्रचण्ड
सुन सुन म केहि भन्छु
नेपाल र भारतको मितेरी कथा हो यो
मोदी आए पशुपति घुमे मेरा भारत महान
संसद पुगे नेपाली बोले मोदी त हाम्रै ठूला दाजु रे
ग्यांस छैन् तेल सकियो मोदीले लाए नाकाबन्द
सुन सुन म केहि भन्छु
भुईंचालोमा लडेको देशको कथा हो यो
घर ढले शहर दुबे कति गाउंहरु भए सखाप
कुन मन्दिर के धर्म धरहरा पनि एकैछिनमा ढल्यो रे
पीडित जनता नेताले लिए त्रिपाल जनता चाहिं भोका र नांगा
सुन सुन म केहि भन्छु
स्वाभिमानी नेपालीको कथा हो यो
बुद्धको देश अनि बोकेको छातीमा सगरमाथा
तर, सतीले सरापेको देश हो यो
सुन सुन म केहि भन्छु
नेपाल र नेपालीको पुरानो व्यथा हो
गरीब देशका धनि नेताहरुको यथार्थ हो यो
सुन सुन म केहि भन्छु
चार जात छत्तिस बर्णको जातीय दंगा हो यो
शान्तिप्रिय नेपालीको नयां परिचय हो यो
शान्तिप्रिय नेपालीको नयां परिचय हो यो
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट