पोखरा, १८ फागुन । नेपाल हवाई खेलकुद संस्था पोखराको आयोजनामा यहाँ सञ्चालित प्याराग्लाइडिङ प्रि वल्र्ड कप प्रतियोगितामा सहभागी हुने क्रममा आज दुर्घटनामा परेका सबै पाइलटको सकुशल उद्धार भएको छ ।
प्रतियोगितामा सहभागीमध्ये अवतरण गर्ने क्रममा सात जना पोखराको फेवातालमा परेको र एक जना अर्मलाको जङ्गलको रुखमा अल्झिन पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक गोपाल चालिसेले बताए ।
रुखमा अल्झिएका पाइलटलाई स्थानीयवासी तथा फेवातालमा परेका पाइलटलाई स्थानीय डुङ्गा व्यवसायी तथा सुरक्षाकर्मीले उद्धार गरेका थिए । अवतरण गर्ने क्रममा अकस्मात् चलेको हावाहुरीका कारण दुर्घटना हुन गएको प्रहरीले जनाएको छ ।
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा