प्रधानमन्त्रीको कार्यालयले मौजुदा मन्त्रिपरिषदमा कुनै फेरबदल नभएको जनाएको छ । प्रधानमन्त्री स्वकीय सचिवालयको तर्फबाट जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषदको फेरबदलको समाचारलाई निराधार भन्दै खण्डन गरेको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले केही सञ्चार माध्यमहरुले मन्त्रिपरिषदमा फेरबदल भन्दै प्रकासित गरिएको समाचारले प्रधानमन्त्रीको कार्यालयको ध्यानाकर्षण भएको जनाएका छन् । ‘मन्त्रिपरिषदमा कुनै फेरबदल भएको छैन । सञ्चारकर्मी मित्रहरुमा निराधार, अपुष्ट र प्रमाण बिनाका समाचारले भ्रममात्र सिर्जना गर्ने यथार्थप्रति ध्यान दिन अनुरोध छ,’ विज्ञप्तिमा भएको छ ।
प्रधानमन्त्री सुशील कोइराला दुई साता लामो विदेश भ्रमणमा निस्कनुअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने र समाचार विभिन्न सञ्चार माध्यमले प्रशारण गरेको थिए । कोइरालाले सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, शिक्षा मन्त्री चित्रलेखा यादव र शहरी विकास मन्त्री नारायण खड्काको विदा दिएर नयाँ व्यक्ति ल्याउन लागेको समाचार सार्वजनिक भएका थिए ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य