लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) ले आज आफ्ना १७५ भन्दा बढि सल्लाहकारहरुलाई सम्मान गर्ने तयारी गरेको छ ।
निर्वाचित पदाधिकारीभन्दा १५ औं गुणा बढि सल्लाहकारहरुलाई सम्मान गर्न अल्डरसटस्थित इम्पायर ब्यांक्यूटिङ हल, किङ्स सेन्टरमा मध्यान्ह १२ देखि सांझ ८ बजेसम्म कार्यक्रम तय गरिएको छ ।
इतिहासमै कुनै संघसंस्थामा सल्लाहकारहरु यति धेरै राख्ने एनआरएनए यूके सम्भवतः पहिलो हो । बेलायती समुदायमा सबैभन्दा लामो भाषण, आसन र सम्मान गर्ने संस्था पनि यही भएको कतिपयको बुझाइ छ ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले संघको महत्वकांक्षी हाउजिङ प्रोजेक्टमा सहयोग हुने आसाले त्यति जम्बो सल्लाहकार टिम बनाइएको प्रष्ट्याए । ‘हामी शुरुमा त जम्मा ५ जना मात्र राख्ने वाला थियौं । पछि हाउजिङ प्रोजेक्टमा सहयोग पुग्छ भनेर जसले जहांबाट ल्याए पनि नाइ भनेनौं’, उनले वीनेपालीसंग भने ।
आजको कार्यक्रममा उक्त हाउजिङ प्रोजेक्टबारे विस्तृत जानकारी दिंदै आर्थिक सहयोगका लागि समुदायलाई आग्रह गरिने अध्यक्ष गुरुङले जनाएका छन् । सल्लाहकार बनाइएकाले प्रोजेक्टका लागि कति दिने हुन् सबैले चासो दिएर हेरिरहेका छन् ।
समुदायका पाका नेपालीहरुले भने टोलबाट खोजी खोजी सल्लाहकारहरु राखिंदा संस्था र पदीय गरिमा नै धुमिल भएको टिप्पणी गरेका छन् । उनीहरु भन्छन्, कहिं नभएको जात्रा एनआरएनए यूकेमा देखिएको छ ।
त्यसो त एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ आफैंमा मिलनसार, समाजप्रति उत्तरदायी र खटेर काम गर्ने व्यक्ति हुन् । तर, आसेपासेको सुझाव अनि सबैलाई समावेशी गर्नुपर्ने दवावले संघ मिसनमा चल्न नसकिरहेको केहीको विश्वास छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय