लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) ले आज आफ्ना १७५ भन्दा बढि सल्लाहकारहरुलाई सम्मान गर्ने तयारी गरेको छ ।
निर्वाचित पदाधिकारीभन्दा १५ औं गुणा बढि सल्लाहकारहरुलाई सम्मान गर्न अल्डरसटस्थित इम्पायर ब्यांक्यूटिङ हल, किङ्स सेन्टरमा मध्यान्ह १२ देखि सांझ ८ बजेसम्म कार्यक्रम तय गरिएको छ ।
इतिहासमै कुनै संघसंस्थामा सल्लाहकारहरु यति धेरै राख्ने एनआरएनए यूके सम्भवतः पहिलो हो । बेलायती समुदायमा सबैभन्दा लामो भाषण, आसन र सम्मान गर्ने संस्था पनि यही भएको कतिपयको बुझाइ छ ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले संघको महत्वकांक्षी हाउजिङ प्रोजेक्टमा सहयोग हुने आसाले त्यति जम्बो सल्लाहकार टिम बनाइएको प्रष्ट्याए । ‘हामी शुरुमा त जम्मा ५ जना मात्र राख्ने वाला थियौं । पछि हाउजिङ प्रोजेक्टमा सहयोग पुग्छ भनेर जसले जहांबाट ल्याए पनि नाइ भनेनौं’, उनले वीनेपालीसंग भने ।
आजको कार्यक्रममा उक्त हाउजिङ प्रोजेक्टबारे विस्तृत जानकारी दिंदै आर्थिक सहयोगका लागि समुदायलाई आग्रह गरिने अध्यक्ष गुरुङले जनाएका छन् । सल्लाहकार बनाइएकाले प्रोजेक्टका लागि कति दिने हुन् सबैले चासो दिएर हेरिरहेका छन् ।
समुदायका पाका नेपालीहरुले भने टोलबाट खोजी खोजी सल्लाहकारहरु राखिंदा संस्था र पदीय गरिमा नै धुमिल भएको टिप्पणी गरेका छन् । उनीहरु भन्छन्, कहिं नभएको जात्रा एनआरएनए यूकेमा देखिएको छ ।
त्यसो त एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ आफैंमा मिलनसार, समाजप्रति उत्तरदायी र खटेर काम गर्ने व्यक्ति हुन् । तर, आसेपासेको सुझाव अनि सबैलाई समावेशी गर्नुपर्ने दवावले संघ मिसनमा चल्न नसकिरहेको केहीको विश्वास छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?