लन्डन । कार्यक्रम गर्न बेलायत आउन लागेकी गायिका ज्योति मगरको भिजा अस्वीकृत भएको छ । उनको भिजा अस्वीकृत भएपछि नव गठित ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले गत ४ डिसेम्बरमा ननिटनमा गर्ने तय भएको गोर्खा कल्चरल नाइट पनि रद्द भएको छ । आयोजकले गायिका मगरलाई साढे ४ लाख रुपैयां दिने र त्यो वापत उनले यूकेमा १२ वटा शो गर्ने सम्झौता भएको थियो ।
कार्यक्रमका लागि करिब ३ सय वटा टिकट विक्री भइसकेको अवस्थामा कलाकारको भिजा नलाग्दा आयोजक दुःखी छन् । ‘ज्योति मगर र गायक ताराप्रकाश लिम्बुको भिजा नलागेपछि कार्यक्रम नै रोक्नु पर्यो’, आयोजक ब्रिटिश गोर्खा नेपलिज काउन्सिलको कलाकार विभागकी संयोजक रोमियन लिम्बुले वीनेपालीसंग भनिन् । संगै आवेदन दिएका नृत्य निर्देशक गोविन्द राई र कमेडियन महेन्द्र बग्दासको भने भिसा लागेको छ ।
अब जनवरीतिर अरु कलाकार ल्याएर कार्यक्रम गर्ने योजना बनेपनि विस्तृत तय भइनसकेको लिम्बुले जनाइन् ।
पछिल्लो २ वर्षयता ज्योति नेपाली मनोरञ्जनको क्षेत्रमा चर्चामा छिन् । ज्योति मगर गीतको चर्चासंगै नग्न भिडियो र फोटो सुटका कारण पटक पटक विवादमा आइरहने गायिका हुन् । छोटो पहिरन र कामुक शैली उनको परिचय बनेको छ । दर्शकहरु उनको उत्तेजक हाउभाउ हेर्नकै लागि कार्यक्रम पुग्ने गर्छन् । तीज गीत ढाडे बिरालोको भिडियोमा उत्तेजक अभिनय गरेपछि भिडियो अश्लील भन्दै उनको देश विदेशबाट व्यापक आलोचना भएको थियो ।
‘रातो साडी रातै छ कलर, एक रात सुत्न १ हजार डलर’ शीर्षकको तीज गीत छायांकन गर्ने क्रममा पार्टी प्यालेसमा मेकअप गरेर तयार भएकी ज्योतिलाई स्थानीय महिलाहरूले कुटेको समाचार एकाएक भाइरल भएको थियो ।
अश्लील र भड्किलो भएकै कारण नेपाल टेलिभिजनमा प्रसारण हुने टि–टाइम शीर्षकको कार्यक्रमलाई दिएको अन्तर्वार्ता प्रतिबन्धित भएपछि ज्योतिको विवादास्पद यात्रा शुरु भएको मानिन्छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]