
लन्डन । कला, संस्कृति र परम्परालाई भूगोलले पनि रोक्न सक्दैन । करिब ५ हजार माइल टाढा बेलायतमा मनाइएको यसपटकको दशैंले त्यसैलाई पुष्टि गरेझैं लाग्छ ।
लन्डनस्थित नेपाली दूतावासदेखि गोर्खा बटालियनसम्ममा दशैं धुमधाम मनाइएको खवर छ । बेलायतस्थित फोक्सटन आर्मी ब्यारेकमा कालरात्रीको रौनक बेग्लै रह्यो । दोश्रो गोर्खा बटालियनले बेलायती राजमुकुटको सेवा गरेको दुईसय वर्षका अवसरमा कालरात्री सम्पन्न गरेको हो । बटालियनको आयोजनामा स्थानीय र नेपालबाट आएका कलाकारहरुले जोडदार सांगीतिक प्रस्तुति दिए । उनीहरुको प्रस्तुतिमा उपस्थित सयौं सैनिक र तिनका परिवार ननाची रहनै सकेनन् ।
कालरात्रीमा केन्द्रमा थिए कलाकारहरु लोकगायक कृष्ण गुरुङ, गायिकाहरु निता गुरुङ र मेलिना राई अनि खोजी प्रतिभा प्रतियोगितामा अन्तिम चरणसम्म पुग्न सफल रेवत राई ।
कार्यक्रमको बीचबीचमा स्थानीय कलाकारहरुको नृत्य रोमाण्टिक लाग्थ्यो । रेजिमेन्टका सैनिकहरुले किरांत राईको साकेला सिली, याक्थुङ चुम्लुङको च्याबरुङ, गुरुङहरुको रोधी नाच देखि तेक्वान्दो र लाहुरेहरुमाझ लोकप्रिय खुकुरी नाच समेत प्रस्तुत गरे । सबिना चोङबाङ र सजल राईले युगीन परिवेशको नृत्य प्रदर्शन गर्दा दर्शकदीर्घामा रहेका सचिन थापा नेपालतिरै दशैं मनाइरहेको अनुभूति गर्दै थिए । ।
दोश्रो गोर्खा बटालियनका कमान्डिङ अफिसर लेप्टिनेन्ट कर्नेल जेसी मुरेको आतिथ्यमा कार्यक्रम भएको हो । शुरुमा नेपाली राष्ट्रिय धुनबाट थालनी भएको कार्यक्रम सांगीतिक कार्यक्रमका संयोजक वारेन्ट अफिसर ज्ञानेन्द्र राईले औपचारिक उद्घाटन गरेका थिए ।
रेजिमेन्टका गोर्खा मेजर प्रेम गुरुङले दशैं शुभकामनासहित कालरात्रीको महत्वपूर्ण पक्षबारे अभिव्यक्ति दिए । उनले वीर पुर्खाहरुको योगदान र वलिदानले गोर्खालीहरुको नाम आजसम्म उच्च स्थानमा रहेको प्रशंसा गरे । मेजर गुरुङले पुर्खाहरुको योगदानको कदर गर्न र पल्टन घरको परिवेशमा धार्मिक मात्र नभई सांस्कृतिक अनि रेजिमेन्टको मुख्य पर्वको रुपमा दशैं मनाउंदै आएको पनि उल्लेख गरे ।
कार्यक्रममा गीत संगीतमात्र होइन, प्रेमको व्याख्या पनि भयो । उद्घोषक विदान राईले रेजिमेन्टका वारेन्ट अफिसरहरुलाई सोधे प्रेम के हो ? प्रतिउत्तरमा वारेन्ट अफिसर ए कम्पनीले भने प्रेम मनभित्रको मुटुको टुक्रा हो, कुनै उधारो हैन् । वारेन्ट अफिसर सि कम्पनीको जवाफ थियो, प्रेम मनको विश्वास हो, कुनै कर्तव्य हैन ।
वारेन्ट अफिसर बी कम्पनीले भने– प्रेम मर्जी हो, कुनै जवर्जस्ती हैन । वारेन्ट अफिसर वान नवल किरण याक्खा भन्दै थिए, प्रेम रेजिमेन्टको गोर्खा मेजरको नाम हैन, नाम हो कुनै चानचुने हैन ।
ठट्यौली र रोमान्टिक माहोलले कालरात्रीलाई झन् उत्तेजित बनाएको सहभागी बताइरहेका थिए ।
मेलिना राईले कम्मर माथि पटुकी, पटुकी माथि घैला… लगायतका गीत गाउंदा दर्शकले भरपुर मनोरन्जन लिए । बेला बेला उद्घोषक विदान राईले पल्टने समसामयिक कुरालाई मुक्तकमा पस्किंदा अधिकृतहरु चकित थिए ।
कार्यक्रमको अन्त्यतिर नेपाली कलाकारहरुलाई पल्टनका कमान्डिङ अफिसर जेसी मुरे, गोर्खा मेजर प्रेम गुरुङ, कार्यक्रम निर्देशक कलर सार्जेन्ट मदन जिमी लगायत अन्य उच्च ओहोदाका व्यक्तिले विशेष सम्मान गरेका थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]