काठमाडौँ, २५ साउन । बङ्गलादेशमा जारी सोह्र वर्षमुनि (यु–१६) उमेर समूहको तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले हराउँदै विजयी सुरुआत गरेको छ ।
सिल्हेटको मैदानमा सोमबार भएको खेलमा नेपाललाई जित दिलाउन प्रेजेन तामाङ र सुमन अर्यालले दुई दुई तथा लक्ष्मण परियारले एक गोल गरे । नेपालका लक्ष्मण परियारले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । त्यसपछि १८ औँ मिनेटमा प्रेजेनले गोल थपेर अग्रता दोब्बर बनाए । एक्काइसौ मिनेटमा सुमनले गोल गरेपछि नेपालले मध्यान्तरअघि नै ३–० को अग्रता लियो ।
दोस्रो हाफको ५० औँ मिनेटमा पुनः प्रेजेनले तथा खेल सकिने अतिरिक्त समयमा सुमनले हेडमार्फत सुन्दर गोल थपेपछि माल्दिभ्स खेलमा फर्कन सकेन र नेपालले फराकिलो जित निकाल्यो ।
छ मुलुक सहभागी जारी प्रतियोगितामा दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ‘बी’मा परेको छ । उक्त समूहमा नेपालसहित अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह ‘ए’ मा भारत, श्रीलङ्का र बङ्गलादेश छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् । प्रत्येक समूहको शीर्ष दुई दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।
सन् २०११ मा घरेलु मैदानमै भएको पहिलो साफ च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो भने सन् २०१३ मा भएको दोस्रो साफ च्यापियनसिपमा नेपाल भारतसँग पराजित हुँदै दोस्रो स्थानमा थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान