काठमाडौँ, २८ असार । वैदेशिक रोजगार व्यवसायी सङ्घले विरोध गर्दैमा वैदेशिक रोजगारमा जाने कामदारका लागि सात देशमा लागू गरिएको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था नरोकिने भएको छ ।
वैदेशिक रोजगार पत्रकार समाजले सोमबार यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले नेपाली कामदारको सङ्ख्या बढी भएका साउदी अरब, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमन र मलेसियामा लागू गरिएको सो व्यवस्था आगामी दिन अन्य मुलुकमा पनि विस्तार गर्दै लगिने जानकारी दिए ।
हाल ३७ लाख कामदार वैदेशिक रोजगारमा छन् । राज्यमन्त्री गुरुङले घर खेतसमेत बन्धकी राखेर कतिपय कामदार वैदेशिक रोजगारमा पुगेको, केहीले तोकेको काम नपाई दुःख पाएर फर्किनुपरेको र केहीले ऋण तिर्न नसकेर आत्महत्यासमेत गर्न पुगेको गुनासो आएकाले कामदारका हितका लागि सरकारले सो व्यवस्था गर्नुपरेको बताए ।
सो व्यवस्थाले सङ्घको व्यवसायमा असर नपुग्ने भएकाले आन्दोलनको कुनै तुक नभएको उल्लेख गर्दै उनले अब कामदार पैसा तिरेर होइन निःशुल्क प्रवेशाज्ञा र टिकट लिएर वैदेशिक रोजगारमा जाने उल्लेख गरे ।
गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष टिबी कार्कीले जुन मुलुकले वैदेशिक कामदार मगाउँछ सोही मुलुकले कामदारका लागि टिकट र प्रवेशाज्ञा उपलब्ध गराउने व्यवस्था गरेको बताउँदै नेपाली कामदारको इमान्दारी र बफादारितले नै वैदेशिक कम्पनीले नेपाली कामदारलाई बढी मन पराएका बताए ।
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै