
काठमाडौं । विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान भएको छ ।
सुनसरीको धरान–१८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले नगद राशि दुई लाख रुपैयाँको ‘कवि विमल गुरुङ कृति पुरस्कार’का लागि कृति र ३५ औं राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान गरेको हो ।
पुस्तकालय संचालन समितिको मंगलबारको बैठकले कृति पुरस्कारका लागि पुस्तक आव्हानसँगै ३५ औं राष्ट्रिय कविता महोत्सवका लागि कविता पनि आह्वान गरेको छ । पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङकाअनुसार पुस्तकालयमा औपचारिक रुपमा दर्ता भएका कृतिहरूमध्ये निर्णायक मण्डलले श्रेष्ठ ठहराएका एक पुस्तकलाई विमल गुरुङ कृति पुरस्कार प्रदान गरिने छ ।
श्रेष्ठ ठहरिको कृतिका कृतिकारले नगद राशि २ लाख रुपैयासहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिने अध्यक्ष गुरुङले बताउनुभयो । यसैगरी कविता महोत्सवमा उत्कृष्ट ठहरिएका कविताहरूमध्ये प्रथमलाई स्वर्ण पदकसहित २१ हजार रुपैयाँ, दोस्रोलाई रजत पदकसहित १९ हजार रुपैयाँ र तेश्रोलाई कास्य पदकसहित १८ हजार रुपैयाँ प्रदान गरिने छ ।
कृति पुरस्कारका लागि पुस्तकालयमा २०८२ साल भरी प्रकाशित सवैखाले (आख्यान र गैरआख्यान) विद्याका लागि खुला गरिएको छ । नेपाल र अन्य मुलुकमा बस्ने लेखक, कवि साहित्यकारहरुले नेपाली भाषामा लेखिएको चारप्रति पुस्तक र कविता महोत्सवमालागि कविताहरु ०८३ साल असोज १५ गते भित्र धरान–१८ बुद्धचोकस्थित विमल गुरुङ स्मृति पुस्तकालयमा दर्ता गरिसक्नु पर्ने प्रावधान राखिएको अध्यक्ष गुरुङले बताउुनयभो ।
कविता महोत्सवमा भाग लिनका लागि पुस्तकालयको आधिकारिक इमेल [email protected] मा पठाउनु पर्ने पुस्तकालय संचालक समितिले जनाएको छ ।
संचालक समितिकाअनुसार विमल कृति पुरस्कार र कविता महोत्सवमा विजेता कविहरुलाई आगामी कातिक १९ गते आयोजना हुने कवि विमल गुरुङको ५५ औं जन्मजयन्ती तथा ३५ औं राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने जनाइएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल