
काठमाडौँ । बेलायत निवासी साहित्यकार विजय हितानले आमाको स्मृतिमा एक लाख राशिको ‘पर्या-साहित्य पुरस्कार’ घोषणा गर्नुभएको छ ।
नेपाली पर्या-साहित्य प्रतिष्ठानका अध्यक्ष, लेखक हितानले ११औँ वातावरण गोष्ठीको विशेष समारोहमा आमा प्रेमकुमारी हितानको स्मृतिमा ‘प्रेमकुमारी हितानः पर्या-साहित्य पुरस्कार’ स्थापना गरेको घोषणा गर्नुभएको हो । उक्त पुरस्कार पहिलोपटक २०८४ सालमा आयोजना हुने १२औँ वातावरण साहित्य गोष्ठीको अवसर पारेर प्रदान गरिनेछ ।
वातावरण संरक्षण तथा वातावरणीय साहित्य सिर्जना, अनुसन्धान, प्रवर्द्धन र विकासमा उल्लेखनीय योगदान पुर्याएका विशिष्ट व्यक्तित्वलाई पुरस्कार प्रदान गरिने जनाइएको छ ।पुरस्कार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय बनाउन स्वतन्त्र विज्ञ समितिको गठन गरिने तथा सोही समितिको सिफारिसका आधारमा पुरस्कार विजेता चयन गरिने जनाइएको छ ।
विजय हितान नेपाली पर्या-साहित्य प्रतिष्ठानका अध्यक्ष हुनुका साथै नेपाली साहित्यका सक्रिय सर्जक तथा सम्पादकका रूपमा परिचित हुनुहुन्छ । उहाँका ‘बिछोड अघिको रात’ (२०६७), ‘थकित पृथ्वी’ (२०७०), ‘लाहुरेको रेलिमाई’ (२०८०), ‘ब्लु प्लानेट’ (२०७८), ‘मलाई आर्यघाट लगेर नजलाउनू’ (२०८२) आदि गरी झन्डै १ दर्जन पुस्तक लेखन तथा सम्पादन गर्नुभएको छ ।
हितानले वातावरणीय साहित्यलाई संस्थागत रूपमा प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको बताउनुभयो ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?