एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक सोमनाथ सापकोटाले सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनसँग भेट गर्नुभएको छ ।

महाप्रबन्धक पुन र एनआरएनए प्रवक्ता सापकोटाबीच बुधबार संस्थानको कार्यालयमा भेटवार्ता भएको हो । भेटमा नेपालको गौरवशाली संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै “अतिथि देवो भव:” को मूलभावका साथ विदेशी नागरिकलाई नेपाल भ्रमणतर्फ आकर्षित गर्ने तथा “सांस्कृतिक पर्यटन”को विकासलाई अझ सुदृढ बनाउने विषयमा गहन विचार आदानप्रदान भएको एनआरएनए सचिवालयले जनाएको छ ।

छलफलका क्रममा मुनामदन नाटक, नेपालका विभिन्न जात्रा तथा परम्परागत सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र विश्वव्यापी प्रवर्द्धन गर्ने विषयमा विशेष जोड दिनुका साथै एनआरएनएका नीति तथा कार्यक्रमलाई दीर्घकालीन रूपमा प्रभावकारी ढंगले अगाडि बढाउन सहकार्य गर्ने विषयमा सांस्कृतिक संस्थान सधैं प्रतिबद्ध रहेको कुरा व्यक्त गरिएको छ।

दुवै पक्षबीच सहकार्यलाई अझ सुदृढ बनाउने सहमतिसमेत भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री