
लन्डन । भीम विरही राईको युद्ध कवितासंग्रह ‘बारुदले कोरेका अक्षरहरु’लाई युद्ध साहित्य पुरस्कार २०८२ (सन् २०२५) प्रदान गरिने भएको छ।
प्रत्येक तीन वर्षभित्र प्रकाशित भएका नेपाली युद्ध साहित्यका कृतिहरुमध्येबाट एक उत्कृष्ट कृतिलाई युद्ध साहित्य पुरस्कार प्रदान गरिँदै आएको युद्ध साहित्य पुरस्कार कोष बेलायतले जनाएको छ । युद्ध साहित्य पुरस्कारको राशि ५० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । युद्ध साहित्य पुरस्कार २०८२ यस वर्षको चैत महिनाभित्रमा नेपालमा कार्यक्रम आयोजना गरी प्रदान गरिने छ ।
अन्तर्राष्ट्रिय परदेशी साहित्य समूहले प्रकाशन गरेको ‘बारुदले कोरेका अक्षरहरु’मा कवि भीम विरही राईका जम्मा ३८ कविताहरु सङ्कलित छन् । यी कविताहरु मुख्यगरी सैनिक जीवन, सेनामा सेवारत रहँदा देखे–भोगेका युद्धका विभीषिकाहरु र तिनले निम्त्याउने मानवताको विनाश, गोर्खाली सेनाको इतिहास, प्रेम, पीडा आशा, सङ्घर्ष र परिवारसँगको विछोड आदि विषयमा लेखिएका छन् ।
राईका ‘विदेशी सिपाही’ (उपन्यास, २०५९), र ‘दबिएका आवाजहरु ’ (कवितासंग्रह, २०६४) प्रकाशित छन् । भीम विरही राई एक सेवा निवृत्त भारतीय गोर्खा सैनिक हुनुहुन्छ । उहाँ हाल अन्तर्राष्ट्रिय परदेशी साहित्य समूहका उपाध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ ।
युद्ध साहित्य पुरस्कार २०७८ (सन् २०२२) पहिलोपटक केदार संकेतको उपन्यास ‘अफगानी रणमैदान’लाई प्रदान गरिएको थियो । युद्ध साहित्यको अभियन्ताहरु गणेश राई, काङमाङ नरेश राई र अप्जसे कान्छाले युद्ध साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले २०७८ (सन् २०२२) मा युद्ध साहित्य पुरस्कारको स्थापना गर्नु भएको हो ।
युद्ध साहित्यको अभियन्ताहरुले नेपाली युद्ध साहित्य सिद्धान्तको प्रतावना सन् २०११ मा पहिलो नेपाली युद्ध कवितासंग्रह ‘युद्धमा हराएको प्रेम’मार्फत गरेका थिए । उक्त कृतिमा नेपाली युद्ध साहित्यको परिभाषा र व्याख्या गरिएको थियो । त्यसपछि सन् २०१४ मा ‘युद्ध साहित्य सिद्धान्त र सिर्जनाहरु’ प्रकाशित गरी युद्ध साहित्यको थप व्याख्या, विवेचना र विमर्श गर्दै युद्ध साहित्यको अभियानलाई थप सशक्त बनाइएको थियो । युद्ध साहित्यका अभियन्ताहरुले निरन्तर युद्ध साहित्य लेखिरहेका छन् र युद्ध साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै जाने जानकारी दिएका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते