
लन्डन । बौद्ध भिक्षुको जीवनीमा आधारित धार्मिक चलचित्र ‘सुपर मोङ्क’ आउँदो बिहीबार १७ जुलाई का दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गरिने भएको छ ।
बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युके लन्डन शाखाको हाउजिङ परियोजनालाई आर्थिक सहयोग गर्ने उद्देश्यले यो प्रदर्शन गर्न लागिएको हो । उक्त चलचित्रसँगै “एयर अफ द बर्ड” समेतको प्रदर्शन गरिनेछ।
गत एक वर्षदेखि बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा प्रमुख लामाको रूपमा कार्यरत खेन्पो सेनाङ ग्याम्जो द्वारा निर्देशन गरिएको दुवै छोटो चलचित्र बौद्ध धर्मगुरुहरूको जीवनकथामा आधारित छन् ।
सानो उमेरदेखि बौद्ध गुम्बामा रहेर विभिन्न चरणहरू पार गर्दै कसरी ‘सुपर मोङ्क’ बन्दछ भन्ने विषयलाई कथामा समेटिएको छ ।
नेपालका अत्यन्तै दुर्गम क्षेत्रमा छायांकन गरिएको चलचित्रले नेपाली चलचित्रको प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिई विभिन्न पुरस्कारहरू प्राप्त गरिसकेको निर्देशक ग्याम्जोले जानकारी दिनुभयो ।
गत दुई हप्ता अघि लन्डनमै प्रदर्शन गरिएको सो चलचित्र नेपाली समुदायलाई लक्षित गर्दै अब अल्डरसटमा पुनः प्रदर्शन गरिन लागेको हो ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस