
लन्डन । बौद्ध भिक्षुको जीवनीमा आधारित धार्मिक चलचित्र ‘सुपर मोङ्क’ आउँदो बिहीबार १७ जुलाई का दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गरिने भएको छ ।
बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युके लन्डन शाखाको हाउजिङ परियोजनालाई आर्थिक सहयोग गर्ने उद्देश्यले यो प्रदर्शन गर्न लागिएको हो । उक्त चलचित्रसँगै “एयर अफ द बर्ड” समेतको प्रदर्शन गरिनेछ।
गत एक वर्षदेखि बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा प्रमुख लामाको रूपमा कार्यरत खेन्पो सेनाङ ग्याम्जो द्वारा निर्देशन गरिएको दुवै छोटो चलचित्र बौद्ध धर्मगुरुहरूको जीवनकथामा आधारित छन् ।
सानो उमेरदेखि बौद्ध गुम्बामा रहेर विभिन्न चरणहरू पार गर्दै कसरी ‘सुपर मोङ्क’ बन्दछ भन्ने विषयलाई कथामा समेटिएको छ ।
नेपालका अत्यन्तै दुर्गम क्षेत्रमा छायांकन गरिएको चलचित्रले नेपाली चलचित्रको प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिई विभिन्न पुरस्कारहरू प्राप्त गरिसकेको निर्देशक ग्याम्जोले जानकारी दिनुभयो ।
गत दुई हप्ता अघि लन्डनमै प्रदर्शन गरिएको सो चलचित्र नेपाली समुदायलाई लक्षित गर्दै अब अल्डरसटमा पुनः प्रदर्शन गरिन लागेको हो ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी