
लन्डन । नविन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ अब बेलायतका हलहरुमा प्रदर्शनमा आउने भएको छ ।
बेलायतको वितरण कम्पनी अन्डरग्राउन्ड स्लेटले फिल्मलाई यहाँका हलमा प्रदर्शनका लागि ‘गाउँ आएको बाटो’ चलचित वितरण गर्न लागेको हो । विज्ञप्ति जारी गर्दै कम्पनीले जुलाई पहिलो सातादेखि बेलायतका ४० भन्दा धेरै हलमा फिल्म प्रदर्शन गर्ने जानकारी दिएको छ । उक्त कम्पनीले २ वर्षका लागि फिल्मको बेलायत अधिकार किनेको निर्माता आमोद राईले बताउनुभएको छ ।
टोरोन्टो, बुसानजस्ता प्रतिष्ठित फिल्म महोत्सवमा प्रदर्शनमा आएको यो फिल्ममा अभिनेता दयाहाङ राई, पशुपति राई, बाल कलाकार प्रसन राईको मुख्य अभिनय छ । यो फिल्ममा गाउँमा विकास पुगेसँगै आएका परिवर्तनहरु देखाइएको छ ।
फिल्मले समीक्षात्मक रुपले सकारात्मक प्रतिक्रिया बटुलेको थियो । ‘नुमाफुङ’ निर्देशक सुब्बा यतिखेर नयाँ फिल्मको तयारीमा जुटिसकेका छन् ।
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने