
लन्डन । नविन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ अब बेलायतका हलहरुमा प्रदर्शनमा आउने भएको छ ।
बेलायतको वितरण कम्पनी अन्डरग्राउन्ड स्लेटले फिल्मलाई यहाँका हलमा प्रदर्शनका लागि ‘गाउँ आएको बाटो’ चलचित वितरण गर्न लागेको हो । विज्ञप्ति जारी गर्दै कम्पनीले जुलाई पहिलो सातादेखि बेलायतका ४० भन्दा धेरै हलमा फिल्म प्रदर्शन गर्ने जानकारी दिएको छ । उक्त कम्पनीले २ वर्षका लागि फिल्मको बेलायत अधिकार किनेको निर्माता आमोद राईले बताउनुभएको छ ।
टोरोन्टो, बुसानजस्ता प्रतिष्ठित फिल्म महोत्सवमा प्रदर्शनमा आएको यो फिल्ममा अभिनेता दयाहाङ राई, पशुपति राई, बाल कलाकार प्रसन राईको मुख्य अभिनय छ । यो फिल्ममा गाउँमा विकास पुगेसँगै आएका परिवर्तनहरु देखाइएको छ ।
फिल्मले समीक्षात्मक रुपले सकारात्मक प्रतिक्रिया बटुलेको थियो । ‘नुमाफुङ’ निर्देशक सुब्बा यतिखेर नयाँ फिल्मको तयारीमा जुटिसकेका छन् ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी