
लन्डन । मगर संघ युकेले हरेक वर्ष गर्दै आइरहेको नेपाली ओपन कन्सर्ट यस वर्ष १४ जुन २०२५ मा हुने भएको छ ।
फानबोरोको रग्बी क्लबमा १४ जुनमा १७औं नेपाली ओपन कन्सर्ट आयोजना गरिने मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) ले जानकारी दिनुभएको छ । कार्यक्रमको तयारी जारी रहेको अध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम बिहानको ११ बजेदेखि सुरु हुनेछ ।
आफ्नो कला, संस्कार, संस्कृतिलाई जीवन्त राख्न र सबै समुदायसँग गीत सङ्गीतबाट एकताको सुत्रमा बाँध्न, सबै उमेरका महानुभाव दर्शक श्रोतालाई मनोरञ्जन दिनकै लागि हरेक वर्ष नेपालबाट आउने ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा नेपाली ओपन कन्सर्ट हुने गर्छ । यस वर्ष कुन-कुन कलाकार कन्टर्समा आउने भन्ने आयोजकले जानकारी गराइसकेको छैन ।
गत वर्ष भने मंगोलियन हार्टका गायक राजु लामा,नरेश पुनमगर, मुना मगर, ललित पुन मगर, यज्ञ विक, प्रेम विवश घर्तीलगायतले प्रस्तुति दिनुभएको थियो । साथमा सिक्का ब्यान्डको प्रस्तुति थियो ।
सबैलाई कार्यक्रममा सहभागिताका लागि सुलभ टिकट दर तोकिएको जानकारी कार्यक्रम प्रमुख संयोजक एवं मगर संघ यूकेका वरिष्ठ उपाध्यक्ष रुद्र थापा र संयोजक महासचिव गोमन पुनले बताउनुभएको छ । वयस्कलाई अग्रिम टिकट लिँदा २५ पाउन्ड र गेटमा लिँदा ३० पाउन्ड तोकिएको छ भने बालबालिका र ज्येष्ठ नागरिकलाई अग्रिम लिँदा २० पाउन्ड र गेटमा २५ पाउन्ड तोकिएको छ ।
संघका अध्यक्ष पुनले कार्यक्रम सभ्य, भव्य र सफल बनाउन सबैलाई उपस्थितिका लागि अनुरोध गर्दै स्टल र अन्य विस्तृत जानकारी पछि सार्वजनिक गर्ने बताउनुभयो । कन्सर्टस्थलमा नेपाली खाना र सामग्रीलगायत विभिन्न व्यापारिक स्टल रहनेछन् ।
मगर संघ यूकेले ‘एकताका लागि संगीत’ सन्देशसहित सन् २००७ देखि नै बर्सेनि नेपालबाट कलाकार झिकाएर बेलायतमा ओपन कन्सर्ट गर्दै आएको छ ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी