
लन्डन । गीतकार जानु काम्बाङ लिम्बुको शब्द रचना र कलाकार दिल कङलीबाको प्रस्तुतिमा ‘सेवारो हजुर सोल्टी ज्यू’ गीत सार्वजनिक भएको छ ।
लिम्दुमी क्रियसन युट्युब च्यानलबाट मंगलबार गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । पूर्वेली लोकलयमा आधारित गीत र भिडियो लिम्बू जातिको भेषभूषा र संस्कृति झल्काउने गरी निर्माण गरिएको छ । गीतमा कुसुम काम्बाङको स्वर, जानु काम्बाङको शब्द तथा डा. अटुको संगीत रहेको छ । भिडियोमा दिल कङलिबा र कुसुम काम्बाङको जोडदार अभिनय रहेको छ ।
दिल कङलिबाले निर्देशन र कोरियोग्राफी गरेको भिडियोमा मज्जाको राई सिनेमाटोग्राफर रहनुभएको छ । एरेन्ज र मिक्सिङ राजु कार्कीले गर्नुभएको छ ।
रुजा र लिम्बू, इस्रा राई, दिपशिखा राई, निशम इङनाम र नुमा लिम्बूले आकर्षक नृत्य गर्नुभएको छ ।
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !