
लन्डन । बेलायतमा स्वास्थ्य क्षेत्रमा कार्यरत गायिका शर्मिला बर्देवाको आवाजमा सजिएको नयाँ नेपाली गीत ‘मन सिउने धागो’ सार्वजनिक भएको छ।
नेपाली पार्श्व तथा आधुनिक गायनमा ख्याति कमाएकी बर्देवाले आफ्नै युट्युव च्यानलबाट शुक्रबार उक्त गीत सार्वजनिक गर्नुभएको हो । कृतीशा केसी र पेमादावा लामाको अभिनयमा भिडियो तयार भएको छ । गीतमा मीरा राणाको संगीत, प्रमोद स्नेही राणाको शब्द रचना र मनोहर सुनामको एरेञ्ज रहेको छ । यस गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ्ग भोला पौडेलले साउण्ड डिजाइन स्टुडियोमा गर्नुभएको हो भने भियना, अस्ट्रियामा रुपक कुमारले स्वर रेकर्ड गर्नुभएको छ ।
भिडियोतर्फ, क्यामेरामा नरेश अय्यर र उहाँको टिमको साथमा मेकअप आर्टिस्ट कञ्चन गिरीले काम गर्नुभएको छ । भिडियो सम्पादन र कलर मिन रावलले गर्नुभएको छ भने निर्देशन र कन्सेप्ट उत्तम श्रेष्ठ सिसिरको रहेको छ । गीतको निर्माण सरोज परियारले गर्नुभएको हो र पोस्ट प्रोडक्शन जनता डिजिटल प्रालिले गरेको छ।

बेलायतमा स्वास्थ्य सेवामा निरन्तर सेवा प्रदान दिँदै आउनुभएकी गायिका बर्देवाका ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’ , ‘आँखैमा झलझली’, ‘हिउँचुलीमा हिउँ’, ‘आगो लाग्यो दिलैमा दमकल बोलाईदेउ’ लगायत दर्जनौँ गीत चर्चित छन् । यतिखेर उहाँ गीत नेपाली गीत, संगीतको लागि पूरा समय दिने भन्दै काठमाडौंमा रहँदै आउनुभएको छ । उहाँको नयाँ गीत ‘मन सिउने धागो’ले संगीत पारखीहरूको मन जित्ने अपेक्षा गरिएको छ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने