
लन्डन । बेलायतमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा यूके-२०२४) विभिन्न विधाका कलाकारहरुलाई वितरण गरिएको छ ।
लन्डन ग्रीनफोर्डस्थित टाउन हलमा शनिबार १४ सेप्टेम्बरमा आयोजित विशेष समारोहमा अनमोल केसी उत्कृष्ट अभिनेत र केकी अधिकारी अभिनेत्री घोषित हुनुभएको छ । उत्कृष्ट अभिनेताको अवार्ड ‘फर्की फर्की’ फिल्मबाट केसीले पाउनुभएको हो भने उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘प्रसाद २’ फिल्मबाट नायिका अधिकारीले पाउनुभयो । ।
कसलाई के ?
उत्कृष्ट चलचित्रको अवार्ड : ‘जारी’ फिल्म
उत्कृष्ट निर्देशकको अवार्ड :‘जारी’ फिल्मबाट उपेन्द्र सुब्बा
वेष्ट एक्टर (जुरी) :‘पुजार सार्की’ फिल्मबाट प्रदीप खड्का
पब्लिक च्वाइस फिमेल अवार्ड :‘फर्की फर्की’ फिल्मबाट जसिता गुरुङ
पब्लिक च्वाइस अवार्ड मेल : ‘पुजार सार्की’ बाट पल शाह
वेष्ट एक्ट्रेस (जुरी) : सुपला सापकोटा
पपुलर एक्टर अफ द इयर अवार्ड :‘जारी’ फिल्मबाट दयाहाङ राई
सर्वोत्कृष्ट कथा-पटकथाको अवार्ड :‘दिमाग खराब’बाट आकाश बराल
सर्वोत्कृष्ट छायाँकार :‘प्रसाद २’ बाट राजेश श्रेष्ठ,
सर्वोत्कृष्ट पार्श्वगायक : कालिप्रसाद बास्कोटा चरी बस्यो (जारी)
सर्वोत्कृष्ट पार्श्वगायिका : समीक्षा अधिकारी ‘बोक्सीको घर’ (बुझिन मैले)
सर्वोत्कृष्ट नृत्य अवार्ड : निर्देशक ‘पुजार सार्की’बाट शिशिर खत्री (दर्शन गरें)
इन्करेजमेन्ट अवार्ड : फिल्म ‘लन्डन टु पेरिस’बाट नायिका गरिमा शर्मा
लाइफटाइम अचिभमेन्ट अवार्ड : अभिनेता भुवन केसी
वेष्ट नेगेटिभ क्यारेक्टरको अवार्ड : ‘प्रसाद २’ बाट अर्पण थापा
वेष्ट म्यूजिक डिरेक्टर :‘बोक्सीका घर’का लागि प्रकाश सपुत
वेष्ट इडिटर ‘फर्की फर्की’:फिल्मबाट सुरेन्द्र पौडेल
वेष्ट परफर्मर अफ द इयर : सुशान्त खत्री
अवार्डका लागि सन् २०२३ मा बनेका कुल ५६ वटा नेपाली चलचित्रबाट उत्कृष्ट छानिएको थियो । २२ विद्यामा अवार्ड दिइएको आयोजकले जनाएका छन् । वरिष्ठ कलाकारहरु सुनिल थापा, गौरी मल्ल र उज्जवल घिमिरेको एक जुरीले ती फिल्म २६ दिन लगाएर मूल्यांकन गरेको थियो । कार्यक्रममा बेलायतका लागि कार्यवहाक नेपाली राजदूत रोशन खनाल, प्रमुख प्रायोजक माया इभेन्ट्स र माया सपोर्टेड लिभिङका निर्देशक एवं यती स्पोर्टस् सेक्रेटरी राज पाण्डे एवं डा. रक्षा थापा, काउन्सिलर लक्ष्य गुरुङ, व्यवसायीहरु सुनिल थापा, अभिषेक भट्टराई, विकास नेपाल, यती अध्यक्ष पिपला देवान पाण्डे, यती महासचिव टंक भट्टराई, यती उपमहासचिव आशिष पन्त लगायतले अवार्ड प्रदान गर्नुभएको थियो ।
अवार्ड कार्यक्रममा कलाकारहरु भुवन केसी, गौरी मल्ल, अनमोल केसी, केकी अधिकारी, जसिता गुरुङ, मिरुना मगर, जिया केसी, सुशान्त खत्री, मलिना जोशी, गरिमा शर्मा, शिल्पा मास्के, प्रकाश शाह, गायिका अमृता लिम्बु आदि प्रत्यक्ष सहभागी हुनुभएको थियो ।

यती महासचिव टंक भट्टराई र मिस वर्ल्ड नेपाल २०११ मलिना जोशीले सञ्चालन गरेको कार्यक्रममा यती अध्यक्ष पिपला देवानले नेपाली चलचित्र उद्योगको प्रवर्धन एवं कलाकारहरुलाई सम्मान गर्न बेलायतमा पहिलोपटक उत्कृष्ट स्तरमा अवार्ड कार्यक्रम गरिएको बताउनुभयो । अवार्ड इभेन्टका प्रमुख संयोजक उमेशराज मोक्तानले कार्यक्रम गर्न चुनौतीपूर्ण भए पनि सबैको साथ सहयोगले सफल भएको बताउनुभयो ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै