
लन्डन । एफसी तोङ्बालाई स्तब्ध पार्दै ब्रीगेड ब्वाइज् क्लब (बीबीसी) ले १७औँ रेडिङकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।
ग्रेटर रेडिङ नेपाली कम्युनिटीद्वारा रेडिङको पाल्मर पार्कमा शनिबार आयोजित प्रतियोगिताको फाइनल खेलमा एफसी तोङ्वालाई टाइब्रेकरमा स्तब्ध पार्दै बीबीसीले उपाधि जितेको हो । उपाधिसँगै बीबीसीले २ हजार २४ पाउन्ड नगद, कप, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता एफसी तोङ्वाले १ हजार २४ पाउन्डका साथ ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । मुख्य (युवा) विधामा १६ टिम सहभागी थिए ।
भेट्रानतर्फ नखिपोट एफसीले विजेता बन्दै १ हजार २५ र इन्टेक ०४ उपविजेता बन्दै ५२४ पाउन्ड नगदसहित पुरस्कार प्राप्त गरे ।
सुपर भेट्रानमा विजेता केनी एफसीले ५२४ तथा उपविजेता भएको इलाम एफसीले ३२४ पाउन्ड प्राप्त गरेका थिए । त्यसअघि, प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले हुनुहुन्थ्यो । उद्घाटनमा काउन्सिलर राजेश सिंह, समाजका अध्यक्ष भिमसेन खड्का, पूर्वअध्यक्ष महेश गुरुङ पनि उपस्थित हुनुहुन्थ्यो ।
विजेता तथा उपविजेतालाई समाजका अध्यक्ष भिमसेन खड्का, इभेन्ट संयोजक एवं उपाध्यक्ष डा. भरत पौडेल, सल्लाहकार विश्वआदर्श पण्डित, पूर्वअध्यक्षहरू महेश गुरुङ, अर्जुन बस्नेत, टेक गुरुङ, उपाध्यक्षहरू प्रेम गुरुङ, सुरेशजङ थापा, यादव श्रेष्ठ, कल्पना पण्डित, सल्लाहकार रामेश्वर थापा, र्याप डिस्ट्रिब्युसनका मुबिन अहमद, जस्ट मोमोका विलास लामिछाने, उत्तम रिजाललगायतले पुरस्कार वितरण गर्नुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा