
लन्डन । ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी (जीआरएनसी) ले बर्सेनि गर्दै आएको रेडिङकपको १७ औं संस्करण यही अगस्ट ३१ तारिखमा हुने भएको छ ।
रेडिङको पाल्मर पार्कमा प्रतियोगितामा तय गरिएको १७ औं रेडिङकप संयोजक तथा जीआरएनसीका सचिव डा भरत पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगतामा युवा, भेट्रान र सुपर भेट्रान गरी तीन छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा हुनेछ । युवामा १६, भेट्रानमा १२ र सुपर भेट्रानमा ८ टीमले भाग लिँदैछन् ।
रेडिङकपको मुख्य एवम् युवा विधामा विजेतालाई २ हजार २४ पाउण्ड नगदसहितको पुरस्कार छ भने उपविजेता टिमले नगद १ हजार २४ प्राप्त गर्नेछन् । भेट्रान र सुपर भेट्रानमा विजेतालाई क्रमशः १ हजार २४ र ५ सय २४ तथा उविजेतालाई क्रमशः ५ सय २४ र ३ सय २४ पाउण्ड नगद पुरस्कार दिइनेछ ।
प्रतियोगितामा प्रवेश शुल्कस्वरुप हरेक टीमलाई युवा र भेट्रान विधामा २ सय ५० पाउण्ड तथा सुपर भेट्रान विधामा १ सय ५० पाउन्ड लाग्नेछ ।
रेडिङकपमा फुटबलका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिहरुको पनि आकर्षण रहने आयोजकले जनाएको छ । प्रतियोगितास्थलमा नेपाली खाना तथा विभिन्न व्यापारिक स्टलहरुका साथै मौलिक नेपाली पञ्चेबाजासहितका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी रहेको जीआरएनसी अध्यक्ष भिमसेन खड्काले बताउनुभएको छ । उहाँले जिम्मेवारी बाँडफाँड गरेर तयारी भइरहेको समेत जानकारी गराउनुभयो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने