
लन्डन । बिहीबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा बेलायत १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित पाँचौं स्थानमा रहन सफल भएको छ । शीर्ष १० स्थानमा रहेको बेलायतले कुल ५१ पदक जितेको छ ।
३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अमेरिका अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, दक्षिण कोरिया, जापान, नेदरल्याण्ड, इटाली र जर्मनी पनि क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रोमा चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित कुल ७३ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कास्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ कास्यसहित ५४ पदक जितेको छ । पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २८ पदक जितेको छ भने जापान १३ स्वर्ण, सात रजत र १३ कास्यसहित ३३ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।
आठौँ स्थानमा रहेको नेदरलयान्ड्सले ११ स्वर्ण, छ रजत र आठ कास्यसहित कुल २५ पदक जितेको छ भने इटाली १० स्वर्ण, ११ रजत र नौ कास्यसहित कुल ३० पदक जित्दै नवौँ स्थानमा छ । जर्मनी नौ स्वर्ण, आठ रजत र पाँच कास्यसहित कुल २२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी