लन्डन । ३३औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को उद्घाटन गरिएको छ ।
शुक्रबार पहिलो पटक स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गरी फरक शैलीमा उद्घाटन गरिएको हो ।

समारोह पेरिस छेउको सेन नदीमा भएको थियो । जहाँ विश्वका २०६ राष्ट्रका खेलाडीहरु विभिन्न शैलीका डुङ्गाहरु चढेर मार्सपासमा सहभागी भएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार उनीहरु ८५ वटा बोटमा चढेर करिब ६ किलोमिटर लामो परेडमा सहभागी भएका थिए ।
फ्रान्सेली राष्ट्रपति माक्रोनले ३३औं समर ओलम्पिकको उद्घाटन भएको घोषणा गर्नुभएको थियो । उद्घाटन समारोहमा चर्चित गायिक लेडी गागा, सेलियन डियोन लगायतले प्रस्तुति दिनुभएको थियो ।
यस्तै फ्रेन्च फुटबल लेजेण्ड जिनेदिन जिदान, टेनिस स्टार राफायल नाडाल लगायत सहभागी हुनुभयो ।
पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पासमा नेपालको झन्डा टेबलटेनिसका श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले बोक्नु भएको थियो ।
पेरिस ओलम्पिकमा नेपालीसहित विश्वका १० हजार ७१४ खेलाडीले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
अमेरिकाबाट थप ९० जना नेपाली डिपोर्ट
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार