
काठमाडौं । गीतकार विकास घले गुरुङको शब्द रचना तथा अमेरिकावासी चर्चित मोडल रन्जिता गुरुङलगायतको अभियनमा‘रोधी घर’गीत सार्वजनिक भएको छ ।
अमेरिकाको पेन्सलभेनियमा आयोजित एक कार्यक्रमकाबीच रेड ओशियन नामक युट्युब च्यानलबाट रोधी घरको म्युजिक भिडियो २० जुलाईमा सार्वनजिक गरिएको हो । म्युजिक भिडियोमा बिकास घले गुरुङ स्वयंले पनि अभिनय गर्नुभएको छ ।
एनआरएनए पेन्सलभेनिया च्याप्टरका उपाध्यक्ष अभिषेक थापा, युनाईटेड गुरुङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष प्रदीप गुरुङ लगायतले ‘रोधी घर’ले हराउँदै गएको नेपाली कलासंस्कृतिको संरक्षण गर्न विश्वास व्यक्त गर्नुभयो ।
गीतका गीतकार गुरुङले आफू जहाँ रहे पनि नेपाली कलासंस्कृति बिर्सन नसक्ने भन्दै कलासंस्कृतिको जगेर्नाका लागि नयाँ गीत बनाएको बताउनुभयो । दीपक गुरुङ र सोनम गुरुङको स्वर रहेको गीतमा दीपेश लामाको संगीत संयोजन छ । भिडियोको छायांकन पवन गौतमले गर्नुभएको छ ।
कुन्ती गुरुङ, सरिता सुनुवार, चक्र गुरुङ, राज गुरुङ र कृष्ण गुरुङको कोरस स्वर रहेको गीतको भिडियो अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको हो । स्थानीय कलाकार कार्लईस गुरुङको अलवा आमा समूह र ईन्ट्र फाउन्डेसनका नृत्य प्रशिक्षार्थीले पनि भिडियोमा नृत्य गरेका छन् ।
भिडियोको निर्देशक तथा सम्पादन पनि विकास घले गुरुङले नै गर्नुभएको हो । विकास फिल्म निर्देशक तथा खेलाडी पनि हुनुहुन्छ ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ