
लन्डन । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा वरिष्ठ अभिनेता भुवन केसी, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाफगायत नेपालबाट चर्चित कलाकारहरु बेलायत आउनुभएको छ ।
‘नेपाली फिल्म फेस्टिबल लन्डन २०२४’ समापन समारोहका लागि शुक्रबार कलाकारहरू लन्डनको हिर्थ्रो एयरपोर्ट आइपुग्नुभएको हो । टोलीमा चलचित्र विकास बोर्ड अध्यक्ष तथा वरिष्ठ अभिनेता केसी, वरिष्ठ संगीतकार बास्कोटा, कलाकार-निर्देशक दिनेश डिसी, नायिका पूजा शर्मा, नायक प्रदीप खड्का, नायिका बेनिसा हमाल, डान्सर कविता नेपाली, अलिस कार्की, नरेन खड्का, अनिता चलाउने लगायत कलाकार लन्डन आइपुगेका शिव कल्चरल कम्युनिटी सेन्टर युकेका अध्यक्ष बिक्रम भट्टराईले जानकारी दिनुभएको छ ।
आयोजक थर्ड आईका निर्देशक विकास देवकोटाले शनिबार ग्रीनफोर्ड टाउनहलमा समापन समारोहको व्यापक तयारी भएको जनाउनुभयो । सो अवसरमा नेपालबाट आएका कलाकारहरुले आफ्नो ‘परफर्मेन्स’ देखाउनुहुन्छ भने अवार्ड समेत प्रदान गरिनेछ ।
गत ७ जुलाईमा वुलवीचमा शुरु महोत्सव अन्तर्गत पहिलो दिन र १४ जुलाईमा अन्तिम संस्कार, टुल्की, हल्कारा, प्रसाद-२ र सरिता गरि ५ वटा फिल्म देखाइएको थियो ।
विश्वभरका ८३५ र नेपाली २० वटा फिल्मले आवेदन दिएकामा उत्कृष्ट ५ वटा नेपाली फिल्म देखाइएको देवकोटाले जनाउनुभयो ।
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !