
लन्डन । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा वरिष्ठ अभिनेता भुवन केसी, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाफगायत नेपालबाट चर्चित कलाकारहरु बेलायत आउनुभएको छ ।
‘नेपाली फिल्म फेस्टिबल लन्डन २०२४’ समापन समारोहका लागि शुक्रबार कलाकारहरू लन्डनको हिर्थ्रो एयरपोर्ट आइपुग्नुभएको हो । टोलीमा चलचित्र विकास बोर्ड अध्यक्ष तथा वरिष्ठ अभिनेता केसी, वरिष्ठ संगीतकार बास्कोटा, कलाकार-निर्देशक दिनेश डिसी, नायिका पूजा शर्मा, नायक प्रदीप खड्का, नायिका बेनिसा हमाल, डान्सर कविता नेपाली, अलिस कार्की, नरेन खड्का, अनिता चलाउने लगायत कलाकार लन्डन आइपुगेका शिव कल्चरल कम्युनिटी सेन्टर युकेका अध्यक्ष बिक्रम भट्टराईले जानकारी दिनुभएको छ ।
आयोजक थर्ड आईका निर्देशक विकास देवकोटाले शनिबार ग्रीनफोर्ड टाउनहलमा समापन समारोहको व्यापक तयारी भएको जनाउनुभयो । सो अवसरमा नेपालबाट आएका कलाकारहरुले आफ्नो ‘परफर्मेन्स’ देखाउनुहुन्छ भने अवार्ड समेत प्रदान गरिनेछ ।
गत ७ जुलाईमा वुलवीचमा शुरु महोत्सव अन्तर्गत पहिलो दिन र १४ जुलाईमा अन्तिम संस्कार, टुल्की, हल्कारा, प्रसाद-२ र सरिता गरि ५ वटा फिल्म देखाइएको थियो ।
विश्वभरका ८३५ र नेपाली २० वटा फिल्मले आवेदन दिएकामा उत्कृष्ट ५ वटा नेपाली फिल्म देखाइएको देवकोटाले जनाउनुभयो ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा