
लण्डन । लण्डनको एक स्थानिय निकायले नेपालको हवाइ दुर्घटनामा निधन हुनेहरूको सम्झनामा एक कार्यक्रम गरी शोक व्यक्त गरेको छ ।
दक्षिण पूर्वी लण्डनमा अवस्थित रोयल बरो अफ ग्रीनीचले शुक्रबार साँझ काउन्सिलमा एक श्रद्धान्जलि सभा आयोजना गरेको थियो ।
काउन्सिलका मेयर लियो फ्लेचरले सो कार्यक्रमको संचालन गरेका थिए भने नेपाली दुताबास लण्डनकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल, काउन्सिल लिडर एन्थोनी ओकेरेके, बेलायती सेनाका पूर्व लेफ्टिनेण्ट कर्णेल टोल खाम्चा लगायतले सम्बोधन गरेका थिए ।
उपनियोग प्रमुख खनालले सम्बोधनका क्रममा नेपाल र बेलायतबीच रहेको प्रगाढ सम्बन्धको दृष्टान्तका रूपमा सो श्रद्धान्जलि सभा रहेको बताइन् । उनले नेपालमा हवाइ सुरक्षाका बारेमा कार्य भइरहेको पनि उनले जानकारी दिइन् ।
काउन्सिल लिडर ओकेरेकेले ग्रीनीच काउन्सिल लण्डनभरिमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने काउन्सिल भएको र पूर्व गोरखाहरुले सो काउन्सिललाई बसोबासका लागि रोजेकोमा खुशी व्यक्त गरे ।
काउन्सिलर जीत रानाभाटले कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा स्थानीय नेपाली पशुपति मन्दिरका पुजारी पण्डित नीलहरि घिमिरे, ग्रीनीच हिन्दु मन्दिरका प्रमिला राटान, ग्रीनीच चर्चका अध्यक्ष माइक लिडर, उलीच गुरुद्वाराका डा जागिर सेकान ओबीई र जियानी गुरुप्रीत सिंह, स्थानीय नेपाली गुम्बाका लामा गुरु र उनको टोलीले दिवंगत यात्रुहरूको सम्झनामा प्रार्थना, मन्त्रपाठ र मोलम प्रस्तुत गरेका थिए ।
अन्सु केसीले भजन र महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता पाठ गरेकी थिइन् भने राजन खकुरालले बाँसुरीको धुन प्रस्तुत गरेका थिए ।
जनवरी १६ मा नेपालको पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा विभिन्न देशका ७२ यात्रुको ज्यान गएको थियो ।

अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार