
लण्डन । बेलायतका कृषि फार्महरुले कामदारहरुमाथि शोषणको डरका कारण नेपाली मौसमी कामदारहरुलाई भर्ना लिन छोडेका छन् ।
बेलायतमा मौसमी कामदारहरुलाई बेलायत ल्याउने पाँचैवटा रिक्रुटमेण्ट कम्पनीले यो वर्ष नेपालबाट कामदार नल्याउने बताएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।
सन् २०२२ मा नेपालबाट करिब २ हजार ५०० मौसमी कामदार बेलायत आएका थिए । गत वर्ष नेपाल बेलायतमा मौसमी कामदार पठाउने दशौँ ठूलो मुलुक थियो ।
तर नेपालबाट कामदार ल्याउँदा दलालहरुले अधिक रकम असुल्ने गरेको श्रम अधिकारवादीहरुको भनाइ छ । कामदारहरुले दलालहरुलाई तिर्ने रकम खोज्नका लागि धेरै ऋण लिनु परेको र बेलायत आएपछि थोरै मात्र काम पाएको अधिकारवादीहरुको भनाइ छ ।
गत महिना मात्र बेलायतको मजदुरमाथि शोषणको छानविन गर्ने निकायले नेपालबाट कामदार ल्याउने एक एजेन्सीको अनुमति निलम्बन गरी उनीहरुका दुई जना संचालकमाथि अनुसन्धान शुरु गरेको थियो ।
बेलायतको कानुनअनुसार काम खोजिदिएवापत पैसा लिन पाइँदैन । तर नेपालमा बेलायतमा सिजनल काम खोजिदिएवापत कामदारहरुमाथि लाखौँ पैसा उठाउने गरिएको आरोप लाग्दै आएको छ ।
श्रम अधिकारवादी एण्डी हलले अझै पनि नेपाली कामदारहरुलाई बेलायतमा सिजनल काममा लैजान नक्कली सूचनाहरु सामाजिक सञ्जालमा प्रशस्तै भेटिने गरिएको बताए ।
फोकस अन लेबर एक्सप्लोइटेसन नामक च्यारिटीकी प्रमुख कार्यकारी अधिकृत लुसिला ग्रानाडाले एजेन्सीहरु कामदार ल्याउन एक देशबाट अर्को देशमा सर्ने तर कामदारहरुमाथिको शोषणको अन्त्य नहुने हो भने त्यसको कुनै अर्थ नहुने बताइन् । उनले कामदारको माग र आपूर्ति तथा उनीहरुलाई ल्याउने प्रक्रियाका बारेमा सम्बन्धित देशका अधिकारीहरुसित काम गरेमा मात्र समस्या समाधान हुने धारणा व्यक्त गरिन् ।
बेलायतमा कामदारमाथिको शोषणको अन्त्यका लागि कामदार ल्याउने एजेन्सीहरु, थोक तथा खुद्रा व्यापारकर्ताहरु र फार्म संचालकहरुका बीचमा छलफल भइरहेको पनि बताइएको छ । एजेन्सीहरुले कामदारहरुले बेलायत आउने ऋण काढ्नु पर्ने अनि बेलायत आएपछि थोरै मात्र काम पाउने स्थिति अन्त्य गर्न सरकारलाई हरेक वर्ष भिसा संख्या तोकेमा अग्रिम योजना गर्न सजिलो हुने बताएका छन् ।
बेलायतका गृह मन्त्रालय कामदारहरुको विषयलाई गम्भीर रुपमा लिने गरिएको र उनीहरुमाथि शोषण अन्त्य गर्न र काम गर्ने वातावरण राम्रो बनाउन काम गरिररहेको बताएको छ ।
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण