
लण्डन । बेलायतमा मोर्गेजेज, प्रोटेक्सन्स, होम इन्स्योरेन्स, कमर्शियल फाइनन्स, विल्स तथा प्रोेपर्टी सेल्स, लेटिङ्गस तथा म्यानेज्मेन्टलगायतका सेवाहरु प्रदान गर्दै आएको पीपल ग्रुपले मुगुको मुगुम कार्माराङ गाउँपालिकामा अवस्थित नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत ३२५ विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ ।
विद्यार्थीहरुलाई टिसर्ट, पाइन्ट, जुत्ता, मोजा र ज्याकेटसहितको उक्त पोशाक गत बुधबार २७ जुलाईका दिन कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सो विद्यालय तथा गाउँपालिकाका प्रतिनिधिहरुको विशेष उपस्थितिमा हस्तान्तरण गरिएको छ ।
उक्त पत्रकार सम्मेलनमा पीपल ग्रुपका नेपाल प्रतिनिधि जगदीश पराजुलीले भौगोलिक विकटताले गर्दा कर्णाली प्रदेशका धेरै विद्यार्थीहरूले राम्रोसँग पठनपाठन गर्न नपाएको कुरा थाहा पाएपछि उनीहरूलाई अध्ययन गर्न सजिलो होस् भनेर करिब ६ लाख बराबरको पोशाक सहयोग गरिएको बताए । साथै, उनले नेपाल सरकारले मासिक ४ हजारभन्दा बढीका दरले विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग गरिँदै आएको भएता पनि उक्त रकम त्यो पर्याप्त नभएका कारण र विद्यालयको अनुरोधमा आफूहरूले पोशाक सहयोग गरेको बताए ।
सो पोशाक हस्तान्तरणको पत्रकार सम्मेलनमा युके बसोबास गर्दै आएका पीपल ग्रुपका शुभचिन्तक संघर्ष राईले सहयोग सानो भएपनि पोशाकले विद्यार्थीहरूलाई चिसोबाट जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, उनले पीपल ग्रुपका निर्देशक सूर्य प्रकाश गुरुङलगायत आफूहरुले नेपालमा यस्तै खाले च्यारिटी सहयोग गर्दै आएको जनाए ।
उक्त पत्रकार सम्मेलनमा मुगुम कार्माराङ गाउँपालिकाका नायब सुब्बा गौरीकान्त चौलागाई, मुगुका पत्रकार जीवन सेजुवाल लगायतले पीपल ग्रुपले गरेको सहयोगको प्रसंशा गर्दै यस्तो सहयोगले दुर्गम क्षेत्रका बालबालिकाहरूलाई नियमित रुपमा विद्यालय आउन प्रेरित गर्ने बताइएको पीपल ग्रुपले जानकारी दिएको छ ।
फानवरो, आस्फोर्ड, स्वीन्डन, हन्स्लो, टीडवर्थ र वेस्लीहिथमा कार्यालय स्थापना गरी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको पीपल ग्रुपका निर्देशक सूर्य गुरुङले गत चैत्र महिनामा उक्त विद्यालय अवलोकन गरि फर्किएको र सो विद्यालयमा पोशाकलगायत अरु पनि धेरै सहयोगको खाँचो रहेको बताउँदै आफूहरुले भविश्यमा कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे योजना बनाइरहेको बताए ।

मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान