
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका तर्फबाट केन्द्रलाई बुझाउनु पर्ने सदस्यतावापतको शुल्क लामो समयदेखि थाँती रहेकोमा कोषाध्यक्ष विष्णु खरेलले कार्यसमितिको निर्णयबमोजिम विहीबार बुझाइएको जानकारी दिएका थिए । तर विहीबार साँझ नै अध्यक्ष प्रेम गाहा मगरले फेसबुक लाइभमार्फत सो कार्यमा आफ्नो सहमति नभएको प्रष्ट पारेका छन् ।
एनआरएनए यूकेले सदस्यता शुल्कवापत आइसीसीलाई ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स बुझाएको बताइएको थियो तर अध्यक्ष गाहामगरले भने सो रकम केन्द्रलाई दिने बारेमा बसेको बैठकको बैधानिकतामाथि प्रश्न गरेका छन् । उनले कार्यसमितिको बहुमतको सहमति बिना र एजेण्डामै नभएको प्रस्तावमा छलफल गरी लेवी पठाइएको दावी गरेका छन् ।
अघिल्लो रातदेखि नै कार्यसमितिलाई अब संस्था खारेज हुन्छ भन्ने मानसिक त्रास देखाएर त्यस्तो निर्णय गरिएको उनको जिकिर छ ।
‘३२ जनाको कार्यसमितिमा आइतबारको बैठकमा १७ जनामध्ये १४ जनाले मात्र सहमति छ भन्नुभएको थियो’, अध्यक्ष गाहामगरले भने, ‘मेरो र कार्यसमितिका कयौं साथीहरुको चाहनाविपरित विवादास्पद एनआरएनए आइसीसीलाई झण्डै ४० हजार पाउण्ड पठाइयो । विगतदेखि नै मैले त्यो पैसा नेपाल पठाउनुको सट्टा बरु बेलायतमै सामुदायिक भवन नेपाल हाउस बनाऊँ । त्यसले नेपालको अपनत्व गराउँछ भन्ने कुरामा जोड दिइरहेको थिएँ । दुष्मन र भाइरसहरुको आँखा लागेर यस्तो काम भयो ।’
एनआरएनए युकेको विधानमा बैँकिङ कारोबारमा अध्यक्ष र कोषाध्यक्षको हस्ताक्षर अनिवार्य रहेकोमा कोषाध्यक्षले मात्र रकम निकासा गरी पठाउनु आफ्नो अपहेलनामात्र होइन्, समस्त पञ्जीकृत सदस्यहरुको भावनामाथि नै कुठाराघात भएको गाहामगरले बताए ।
अध्यक्ष गाहामगरले बेलायतका पञ्जीकृत सदस्यहरुलाई अब अगाडि आएर यस्ता गतिविधिहरुविरुद्ध प्रतिवाद गर्न पनि आग्रह गरेका छन् ।
‘तपाईंहरु अब बोल्ने बेला आएको छ । यदि मेरो कार्यशैली ठीक लागेन भने स्पष्ट भन्नुस्, ६ अगष्टको वार्षिक साधारणसभाबाट मलाई हटाउनुस् । तर अरु कसैले आफ्नो स्वार्थपूर्तिका लागि संस्थालाई दुरुपयोग गर्छ भने नछोड्नुस्’, उनले अनुरोध गरे ।
उनले भविष्यमा फेरि पनि आर्थिक अपचलन नहोस् भनेर बैँङ्क पुगी एनआरएनए युकेको बैँक खातामा अध्यक्षको समेत हस्ताक्षर अनिवार्य चाहिने प्रक्रिया अगाडी बढेको जनाए ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम