
लण्डन । प्राय चिसो ठाउँ भनेर चिनिएको बेलायतमा अत्यधिक गर्मीका कारण जनजीवनमा आतङ्क नै मच्चिएको छ ।
बेलायतको मौसम कार्यालयले सोमबार र मंगलबार सबैभन्दा धेरै गर्मी हुने अनुमान गरेको छ भने यहाँ गर्मीका कारण संकट पनि घोषणा गरिएको छ । सोमबार र मंगलबार यहाँको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने बताइएको छ ।
यसअघि सन् २०१९ मा बेलायतमा तापक्रम ३८ डिग्रीसम्म पुगेको थियो ।
स्वास्थ्य मन्त्री स्टिभन बार्कलेले अत्यधिक गर्मीका कारण सर्वसाधारणमा पर्नसक्ने स्वास्थ्य संकटलाई ध्यानमा राखी फोन उठाउन अतिरिक्त मानिसहरु राखिएको बताएका छन् । उनले सर्वसाधारणलाई शीतलमा बस्न, पानी पिउन अपील गरेका छन् ।
यसका साथै अस्पतालहरुमा बेडहरु खाली राखिएको र एम्बुलेन्सहरुलाई तम्तयारी अवस्थामा राखिएको उनले बताएका छन् ।
बेलायत सरकारले गर्मीका कारण आउनसक्ने संकटलाई समाधान गर्न आजै मन्त्रिपरिषद्को उच्चस्तरीय बैठक पनि बसेको छ । यद्यपि सो बैठकको अध्यक्षता प्रधानमन्त्रीले गरेनन् ।
बेलायतमा वर्षेनी १ हजार ६०० मानिस गर्मीका कारण मर्ने गरेका छन् ।
बेलायतको करिब ८० प्रतिशत क्षेत्रमा सोमबार र मंगलबार ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने बताइएको छ ।
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम