
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जानुहुने भएको छ ।
उहाँ पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको अधिकारीहरूले जानकारी दिएका छन् । उहाँलाई दुवै देशमा राष्ट्रपतिले स्वागत गर्नुहुने जनाइएको छ ।
रुसमा गएका बेला उहाँले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्नुहुने भएको छ ।
महासचिव गुटेर्रेसका सहायक प्रवक्ता एरि कानेकोले दुवै जनासँग वार्ताका लागि उहाँ मस्को जान लागेको पुष्टि गर्नु भएको छ । दुवै जनासँग एकै दिन भेटवार्ता हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।
त्यसपछि उहाँ युक्रेन पुगेर त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ । ‘युक्रेन भ्रमणका लागि पनि महासचिवले तयारी गर्नु भएको छ,’ सहायक प्रवक्ता कानेकोले भन्नुभयो ।
गत मङ्गलबार महासचिव गुटेर्रेसले चार दिन बिदा दिन दुवै पक्षलाई अनुरोध गर्नु भएको थियो ।
उहाँले शान्ति प्रक्रिया अगाडि बढाउनका दुवै देशका उच्च अधिकारीहरूलाई अनुरोध गरी वार्ता मार्फत विवाद अन्त्य गर्न पहल गर्नुहुने भएको छ ।
युक्रेनमा उहाँले राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीलाई र विदेश मन्त्री दिमित्रो कुलेबालाई भेट्ने कार्यक्रम रहेको छ ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने