
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जानुहुने भएको छ ।
उहाँ पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको अधिकारीहरूले जानकारी दिएका छन् । उहाँलाई दुवै देशमा राष्ट्रपतिले स्वागत गर्नुहुने जनाइएको छ ।
रुसमा गएका बेला उहाँले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्नुहुने भएको छ ।
महासचिव गुटेर्रेसका सहायक प्रवक्ता एरि कानेकोले दुवै जनासँग वार्ताका लागि उहाँ मस्को जान लागेको पुष्टि गर्नु भएको छ । दुवै जनासँग एकै दिन भेटवार्ता हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।
त्यसपछि उहाँ युक्रेन पुगेर त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ । ‘युक्रेन भ्रमणका लागि पनि महासचिवले तयारी गर्नु भएको छ,’ सहायक प्रवक्ता कानेकोले भन्नुभयो ।
गत मङ्गलबार महासचिव गुटेर्रेसले चार दिन बिदा दिन दुवै पक्षलाई अनुरोध गर्नु भएको थियो ।
उहाँले शान्ति प्रक्रिया अगाडि बढाउनका दुवै देशका उच्च अधिकारीहरूलाई अनुरोध गरी वार्ता मार्फत विवाद अन्त्य गर्न पहल गर्नुहुने भएको छ ।
युक्रेनमा उहाँले राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीलाई र विदेश मन्त्री दिमित्रो कुलेबालाई भेट्ने कार्यक्रम रहेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार