
काठमाडौँ । चीनको होङझाउमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ संस्करणको एसियाली खेलकुद (एसियाड) मा नेपालले २३ खेलमा सहभागिता जनाउने भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष महेश्वरजङ्ग गहतराजको अध्यक्षतामा आज बसेको बोर्ड बैठकले एसियाली खेलकुदमा सभागिता जनाउने खेल सङ्ख्या तय गरेको हो ।
एसियाली खेलकुदमा समावेश गरिने खेलमा तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो र ट्रायथलन रहेको छ । उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्याण्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, पौडी र ब्याडमिन्टन खेललाई समावेश गरिने भएको छ । यस्तै ओलम्पिक नतिजाको आधारमा सुटिङ, विश्व वरीयताको आधारमा ब्याडमिन्टन र टी–२० विश्वकप खेलेको आधारमा क्रिकेट समावेश गर्न लागिएको राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो । उहाँले दुई वर्षअघि नेपालमै सम्पन्न तेह्रौँ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट खेल प्रर्दशन गरेको खेललाई एसियाडमा प्राथमिकता दिएको बताउनुभयो ।
एसियाली खेलकुदका लागि अबको १० दिनभित्र खेलाडी छनोट गर्न राखेपले निर्देशनसमेत दिएको छ । एसियाली खेलमा २३ वटा खेलमा नेपालबाट १५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापक रहने अनुमान गरिएको छ । त्यसैगरी बैठकले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगितामा दुई खेल प्रर्दशनीमा राखिने निर्णय भएको छ ।
जसमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास र तेक्वान्दो रहेको छ । त्यस्तै उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल फुलकन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन र प्याराग्लाईडिङ खेलालाई समावेश गर्ने निर्णय गरेको छ । बैठकले छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रूपमा नवौं राष्ट्रिय खेलकुदमा समावेश गरेको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन