
काठमाडौँ । चीनको होङझाउमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ संस्करणको एसियाली खेलकुद (एसियाड) मा नेपालले २३ खेलमा सहभागिता जनाउने भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष महेश्वरजङ्ग गहतराजको अध्यक्षतामा आज बसेको बोर्ड बैठकले एसियाली खेलकुदमा सभागिता जनाउने खेल सङ्ख्या तय गरेको हो ।
एसियाली खेलकुदमा समावेश गरिने खेलमा तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो र ट्रायथलन रहेको छ । उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्याण्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, पौडी र ब्याडमिन्टन खेललाई समावेश गरिने भएको छ । यस्तै ओलम्पिक नतिजाको आधारमा सुटिङ, विश्व वरीयताको आधारमा ब्याडमिन्टन र टी–२० विश्वकप खेलेको आधारमा क्रिकेट समावेश गर्न लागिएको राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो । उहाँले दुई वर्षअघि नेपालमै सम्पन्न तेह्रौँ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट खेल प्रर्दशन गरेको खेललाई एसियाडमा प्राथमिकता दिएको बताउनुभयो ।
एसियाली खेलकुदका लागि अबको १० दिनभित्र खेलाडी छनोट गर्न राखेपले निर्देशनसमेत दिएको छ । एसियाली खेलमा २३ वटा खेलमा नेपालबाट १५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापक रहने अनुमान गरिएको छ । त्यसैगरी बैठकले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगितामा दुई खेल प्रर्दशनीमा राखिने निर्णय भएको छ ।
जसमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास र तेक्वान्दो रहेको छ । त्यस्तै उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल फुलकन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन र प्याराग्लाईडिङ खेलालाई समावेश गर्ने निर्णय गरेको छ । बैठकले छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रूपमा नवौं राष्ट्रिय खेलकुदमा समावेश गरेको छ ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग