
काठमाडौं । सत्तारुढ दलहरु महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् । आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सो सहमति जुटेको हो ।
बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार महानगरपालिका विगतमा जसले जितेको छ उसैलाई दिने निर्णय भएको छ । जसमा विराटनगर र ललितपुर काँग्रेसको नेतृत्वमा, भरतपुर माओवादी केन्द्र, पोखरा नेकपा एकीकृत समाजवादी र वीरगन्ज जनता समाजवादी पार्टीको नेतृत्वमा चुनावमा जाने गठबन्धनले निर्णय गरेको छ । काठमाडौँ महानगरपालिका काँग्रेसको भागमा परेको छ।
आजै उपमहानगरपालिकाको पनि टुंगो लगाउने पुनले जानकारी दिए ।
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त