
काठमाडौं परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपाल भ्रमणमा रहेकी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेश मन्त्री केल्ली किडरलिङले भेटवार्ता गरेकी छन् ।
सोमबार सिंहदरबास्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल अमेरिकाबीचको मित्रता र द्विपक्षीय सहकार्यबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्षको अवसरमा सहायक विदेशमन्त्री किडरलिङ नेपाल भ्रमणमा आएकी हुन् ।
पाँच महिनाको अन्तरालमा उनी दोस्रोपटक नेपाल भ्रमणमा आएकी हुन् । गत नोभेम्बर तेश्रो साता उनी काठमाडौं आएकी थिइन् । नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि नेपाल आउने उनी पहिलो वरिष्ठ अमेरिकी अधिकारी हुन् । किडरलिङ भोलि स्वदेश फर्कने कार्यक्रम छ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल