
२, वैशाख २०७९, काठमाडौँ । जसराज किराँती प्रतिभा प्रतिष्ठान (नेपाल/बेलायत)ले खोटाङका सङ्गीतकार शान्तिराम राई र स्याङ्जाकी साहित्यकार तथा समालोचक डा. रजनी ढकाललाई जसराज किराँती प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । हालै प्रतिष्ठानका अध्यक्ष रक्ष राईको अध्यक्षतामा बसेको बैठकले सङ्गीतकार शान्तिराम राईलाई सन् २०२० का लागि र डा. रजनी ढकाललाई सन् २०२१ का लागि जसराज किराँती प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि जनही ५० हजार र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।
खोटाङका वरिष्ठ कवि जसराज किरातीको नामा स्थापित प्रतिष्ठानबाट यसअघि मनु मञ्जिल, श्रवण मुकारुङ, वीरु बाङ्देल (सिक्किम), डा. विन्दु शर्मा पुरस्कृत भइसकेका छन् । पुरस्कार यही महिनाको तेस्रो साता राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रक्ष राईले बताए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा