
लण्डन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न बेलायतमा लकडाउन लगाइएको बेलामा बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा पार्टी गरी नियम उल्लंघन गरेकोमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अर्थ मन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ ।
सो घटनाको अनुसन्धान गरिरहेको लण्डनको महानगरीय प्रहरीले जोन्सन र सुनकलाई जरिवानाको पत्र पठाएको बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताले प्रष्ट गरेका छन् ।
उनीहरुलाई कुन घटनामा दोषी पाइएको हो भन्ने खुलिसकेको छैन । प्रहरीले करिब एक दर्जन पार्टीहरुको बारेमा अनुसन्धान गरिरहेको छ ।
बेलायतका विपक्षी राजनीतिक दलहरुले भने प्रधानमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनु पर्ने माग गरेका छन् । प्रमुख प्रतिपक्षी लेबोर पार्टीका नेता सर किअर स्टामर र लिबरल डेमोक्रयाटिक पार्टीका नेता सर एड डाभेले दुवै जनाले बेलायती जनतालाई ढाँटेकाले राजिनामा दिनुपर्ने बताएका छन् ।
लण्डन प्रहरीले हालसम्म बेलायती प्रधानमन्त्री कार्यालयमा लकडाउनको नियम तोड्ने ५० जनाभन्दा बढीलाई जरिवाना पत्र पठाइसकेको छ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]