
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले पार्टी परित्याग गरेका छन् ।
जसपा नेपाल परित्याग गरेका चौधरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र प्रवेश गरेका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार मंगलबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच चौधरीसहित नेपाली कांग्रेस र एमाले परित्याग गर्नेलाई प्रचण्डले माला र खादा लगाएर स्वागत गरेका छन् ।
चौधरी सुदूरपश्चिम प्रदेशमा कांग्रेसलाई सरकारमा सहभागी गराइएको भन्दै रुष्ट बनेका थिए । उनले गठबन्धन छाड्ने चेतावनी दिएका थिए । तर, उनी मंगलबार माओवादी केन्द्र प्रवेश गरेका छन् ।
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त