
मुगु । छायाँनाथ रारा नगरपालिका–१ गमगढी बजारमा २४ वर्षीया दुर्गा सार्की जुत्ता पसस चलाउँदै आएकी छन् । आफैं जुत्ता सिएर उनले बेच्ने गरेकी छन् । जाजरकोटको छेडागाड नगरपालिका–६ कि उनले गमगढी बजारलाई आफ्नो कर्मथलो बनाइरहेकी छन् ।
घुम्तीमा सात वर्षदेखि जुत्ता पसल गर्दै आएकी उनल आर्थिक अवस्था कमजोर भएकाले कक्षा ९ भन्दा अगाडि अध्ययनलाई बढाउन सकिनन् र उनी जुत्ता पसल चलाउँदै आएकी छन् । जुत्ता सिलाएरै उनी आत्मनिर्भर बन्दै गएको बताउँछिन् ।
उनको दैनिकी गुजारा गर्नेदेखि छोराछोरीको अध्ययन गराउने माध्यम जुत्ता सिलाउने पेसा बनेको छ । गमगढी बजारमा कर्मथलो बनाएका दुर्गाका पति शेरबहादुर सार्की पनि जुत्ता सिलाउने गर्छन् ।
आफूले जानेको सिप श्रीमती दुर्गालाई हस्तान्तरण गरे । सोही पेसाबाट अहिले दुर्गा मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेकि छन् ।
शेरबहादुर नयाँ जुत्ता बनाउँछन् भने यस कार्यमा दुर्गाले पनि सहयोग गर्छिन् । दुर्गा पुरानो जुत्ता पनि सिलाउने गर्छिन् । सार्की दम्पतीले मासिक ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछन् ।
‘श्रीमानको मासिक ३० हजार र आफूले मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छौँ,’ दुर्गाले भनिन् । उनीहरुले जुत्ता सिलाएरै नेपालगञ्जको कोहलपुरमा पनि जग्गा किनेको दुर्गाले सुनाइन् ।
गमगढी बजारको कृष्णचोक नजिकै न्युएसवीएस सुज सेन्टर खोलेका उनीहरूलाई अहिले नयाँ जुत्ता बनाउन र सिलाउन भ्याइनभ्याइ छ ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ