
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त हुनुभएको छ ।
उहाँले संसदमा आफ्नो पक्षको बहुमत गुमाउनुभएको छ । उहाँले गत हप्ता संसद विघटन गरेकामा यहाँको सर्वाेच्च अदालतले पुनस्र्थापना गरिदिएको थियो । अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको संसदमा उहाँको पक्षमा मत नरहेका भन्दै मतदान भएको थियो ।
शनिबार अपरान्ह यहाँको संसदमा दोस्रो पटक मतदान कार्यक्रममा संसदमा आफ्नो बहुमत गुमाउनुभयो । उहाँलाई बर्खास्त गर्न विपक्षीलाई जम्मा १७२ मत मात्र आवश्यक पर्नेमा उहाँको विपक्षमा १७४ मत आएको थियो । संसदमा बहुमत गुमाएपछि उहाँ स्वतहः पदमुक्त हुनुभएको हो ।
पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानको संसदले उहाँका विरुद्धमा दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा मत दिएपछि उहाँ पदमुक्त हुनुभएको समाचार सम्प्रेषण गरेका छन् । बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण यहाँ पनि आर्थिक संकट देखिएको छ ।
यी विविध कारणहरु देखाएर पाकिस्तानको संसदमा यहाँका विपक्षी सांसदहरुले अविश्वासको मत दर्ता गरेका थिए । त्यस लगत्तै प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको थियो ।
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित