
काठमाडौँ । चर्चित सेलिब्रेटी ‘बिबिसी मास्टर सेफ’ सन्तोष साहले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आफ्नो टोलीले भूमिका खेल्ने बताउनुभएको छ ।
‘बीबीसी मास्टर सेफ : द प्रोफेसनल २०२०’ का फाइनालिस्ट सेफ साहसहितको टोली आज नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपाल र नेपालीपन, रहनसहन र संस्कृतिसामु साक्षात्कार गर्न पाउँदा धेरै उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड कहरपछि अब नेपाल पर्यटनका लागि खुला छ ‘नेपाल इज ओपन नाऊ’, नेपाल पहिला जस्तै पर्यटनका लागि सुरक्षित गन्तब्य हो भन्ने सन्देश विश्वसमुदायलाई दिन चाहन्छौँ र नेपाल प्रवर्धनको सन्देश लिएर फर्कन्छौँ । विश्वभरका पर्यटकलाई नेपाल भ्रमणका निम्ति आह्वान पनि गर्छौँ ।”
“नेपाल आएको सेफ टोली पनि उत्साहित रहेको छ । नेपाल सुन्दर छ, नेपालको प्रवर्धन गर्नुपरो यहाँको संस्कृति, सभ्यता र नेपालीपन हेरेर नेपालको सन्देश विश्व बजारमा पुर्याउन उनीहरुले सहयोग गर्नेछन्”, सेफ साहले भन्नुभयो ।
उहाँले सगरमाथाको कालापत्थर पुगेर नेपालको सन्देश विश्वलाई दिन चाहेको पनि बताउनुभयो । नेपाली खानाको संस्कृतिबारे उनीहरूलाई जानकारी गराउँदै उचाइको अनुभव लिन पनि लालायीत रहेको बताउनुभयो ।
सोफ टोली नेपाल आउन पाएकामा उत्साहित रहेको भन्दै सेफ साहले वास्तविक नेपाल र यहाँको संस्कृति र पहिचानबारे अवगत गराएर नेपालको प्रवर्धन गर्न पहल गरिने उल्लेख गर्नुभयो । बीबीसी सेफ टोलीले नेपालको अनुपम प्राकृतिक सुन्दरता, संस्कृति र परम्परा विश्व पर्यटनको आकर्षण रहेकाले पर्यटक आगमन बढ्ने विश्वास व्यक्त गर्दै यो सन्देश लिएर फर्किने जनाएको छ ।
सेफबाट भन डर लीले नेपाल र नेपालीको आतित्थ्यताप्रति आफूहरू उत्साहित रहेको बताउँदै नेपालको पर्यटन प्रवर्धनका लागि सहयोगी भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।
प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा आज नेपाल आइपुगेको ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्धनका लागि ‘बीबीसी मास्टर सेफ : द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई नेपाल ल्याइएको हो । पाटाका सिइओसहितका पदाधिकारी, पर्यटन सम्बद्ध क्षेत्रका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि, सेफ एशोसिएसन र हस्पिटालिटीका विद्यार्थीले विमानस्थलमा भव्य स्वागत गरेका छन् । विमानस्थलमा उल्लेख्य सङ्ख्याको उपस्थितिमा नेपालको संस्कृति झल्कने पहिरनका साथ पञ्चेबाजासहित सेफको टोलीलाई स्वागत गरिएको थियो ।
नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ । सेफ सन्तोषका साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आएको हो । मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले जनाएको छ ।
निर्धारित कार्यक्रम तालिका अनुसार सेफ टोली ८ तारिख पोखरा जानेछ भने ९ तारिखमा काठमाडौँ फर्केर १० तारिखमा जनकपुर जाने र त्यहाँ आयोजना हुने ‘मिथिला खाना तथा रेसिपी’ विषयक कार्यक्रममा सहभागी हुनेछ । उक्त टोली ११ तारिखका दिन काठमाडौँमा आयोजना हुने पाटा नेपाल च्याप्टरको वार्षिक साधारणसभामा सहभागी हुने कार्यक्रम छ ।
त्यसैगरी १२ तारिखकमा काठमाडौँमा ‘फाइन डाइनिङ’ कार्यक्रममा सहभागी भई १३ तारिखमा लुक्ला जाने र सगरमाथा आधार शिविर कालापत्थर पुग्ने कार्यक्रम छ । लुक्लाबाट फर्केपछि १५ तारिखमा बर्दिया जाने सेफ टोली बर्दिया जानेछ । बर्दियामा थारु संस्कृति तथा खानासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमसहित मास्टरसेफद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ ।
बिबिसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफलाई नेपाल भ्रमण गराई उनीहरूमार्फत गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न गर्न कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने पाटा नेपालले जनाएको छ ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह