
भियना । अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कुटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।
उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरितका गतिविधिहरू गरेको भन्दै अष्ट्रियाले उनीहरूलाई देश छाड्न आदेश दिएको हो ।
अष्ट्रियाको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार देश छाड्न आदेश दिइएका व्यक्तिहरू मध्ये तीन जना भियना स्थित रुसी दूतावासमा कार्यरत कर्मचारी रहेका छन् ।
अर्का एक जना भने पश्चिमी सहर साल्जबर्गमा रहेको कन्सुलेट जनरलमा कार्यरत कूटनीतिज्ञ रहेका छन् ।
उनीहरूलाई यही अप्रिल १२ सम्ममा अष्ट्रिया छोडिसक्नु पर्ने आदेश दिइएको विदेश मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
युरोपेली देशहरूबाट गत सोमबारसम्ममा झण्डै २०० रुसी कुटनीतिज्ञहरूलाई देश निकाला गरि सकिएको छ । अष्ट्रेलियाद्वारा ६७ रसियनलाई प्रतिबन्ध
युक्रेनमाथि रुसी आक्रमणको विरोधमा अस्ट्रेलियाले ६७ रुसीमाथि प्रतिबन्ध लगाएको छ । युक्रेन हमलाको विरोधमा उनीहरूलाई प्रतिबन्ध लगाइएको अस्ट्रेलियाकी विदेशमन्त्री मारिस पेनीले जानाकारी दिइन् ।
‘आज म रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका र उनका अपमानजनक कार्यहरूलाई सहयोग र समर्थन गर्ने थप ६७ जना सम्भ्रान्त र कुलीनविरुद्ध प्रतिबन्धहरूको घोषणा गर्दैछु’, ब्राजिलको राजधानी ब्रसेलमा नेटो सदस्य राष्ट्रका नेताहरूलाई सम्बोधन गर्दै उनले भनिन् ।
रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको रुसले बताउँदै आएको छ । युक्रेनमाथिको रुसी हमला पछिल्लो समयमा पूर्वतर्फ केन्द्रित छ । रुसले दोनबासमा हमलाको तीव्र तयारी गरेको विवरणहरू सार्वजनिक भएका छन् । रुसी सेना पूर्वीयुक्रेनतर्फ बढ्दै जाँदा युक्रेन आफ्ना नागरिकहरूलाई दोनबासबाट सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरेको छ ।
रुसी हमलाका कारण युक्रेनबाट ४२ लाख मानिसहरूले देश छाडेका छन् ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ