
कोलम्बो। श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले देशभरि लगाइएको सङ्कटकाल खारेज गर्नु भएको छ ।
यही अप्रिल ५ को मध्यरातदेखि लागू हुने गरी सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।
आन्दोलनमा उत्रिएका नागरिकले राष्ट्रपति निवास घेराउ गर्दै नारावाजी गरेपछि सरकारले देशव्यापी सङ्कटकालको घोषणा गरेको थियो ।
“सार्वजनिक सुरक्षालाई ध्यान दिँदै लागू गरिएको सङ्कटकाल हटाउने निर्णय भएको छ,” राष्ट्रपति राजापाक्षेले भन्नुभयो ।
आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा सरकारका कारण सङ्कट उत्पन्न भएको भन्दै सुरु भएको आन्दोलन अझै पनि जारी छ ।
प्रशासनिक सङ्कटकाल खारेज गरिएपनि स्वास्थ्य सङ्कटकाल भने कायमै रहेको अधिकारीहरूले जनाएका छन् । देशभरि औषधीको अभाव भएको, थप ल्याउन नसकिएको र स्वास्थ्य सेवा प्रवाहमा पनि समस्या भएकाले स्वास्थ्य सङ्कटकाल लगाउनु परेको सरकारी अधिकारीहरूको भनाइ छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने