बुडापेस्ट । हङ्गेरीमा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री भिक्टोर अर्वान नेतृत्वको गठबन्धन नै विजयी भएको छ । उहाँ अव पाँचौँ पटक देशको प्रधानमन्त्री बन्नु हुने भएको छ ।
नयाँ संसद् गठनका लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ दल फिडेस नेतृत्वको केडीएनपी गठवन्धन विजयी भएको हो । निर्वाचन कार्यालयले मतपरिणाम आइतबार राती नै सार्वजनिक गरेको थियो ।
मतपरिणाम सार्वजनिक भएसँगै सत्तारुढ दलका नेताहरूले देशभरी खुशियाली मनाएको समाचारमा जनाइएको छ ।
फिडेस नेतृत्वको गठबन्धनले ७१ प्रतिशत मत गणना हुँदा नै ५४.६५ प्रतिशत मत प्राप्त गरेको थियो ।
विपक्षी छ पार्टीको गठबन्धनले भने ३३.५५ प्रतिशत मात्रै मत प्राप्त गरी दोस्रो भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कुल १९९ संसदीय सिट मध्ये १३४ सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । यसअघि सन् २०१८ मा भएको निर्वाचनमा उहाँले गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो । गठबन्धनले सन् २०१८, २०१४ र २०१० मा झैँ अत्यधिक मत प्राप्त गरेको हो ।
देशभरी मतदान अधिकार पाएकाको सङ्ख्या ७० लाख ८० हजार रहेको छ । निर्वाचनका लागि देशभरी १० हजार मतदान केन्द्र तय गरिएको थियो ।
सन् १९९८ देश शक्तिमा आउनुभएका ५८ वर्षिय प्रधानमन्त्री अर्वानले सुरुमा सन् २००२ सम्म शासन गर्नुभएको थियो । त्यसपछि सन् २०१० मा फेरि शक्तिमा आउनुभएको थियो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने