बुडापेस्ट । हङ्गेरीमा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री भिक्टोर अर्वान नेतृत्वको गठबन्धन नै विजयी भएको छ । उहाँ अव पाँचौँ पटक देशको प्रधानमन्त्री बन्नु हुने भएको छ ।
नयाँ संसद् गठनका लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ दल फिडेस नेतृत्वको केडीएनपी गठवन्धन विजयी भएको हो । निर्वाचन कार्यालयले मतपरिणाम आइतबार राती नै सार्वजनिक गरेको थियो ।
मतपरिणाम सार्वजनिक भएसँगै सत्तारुढ दलका नेताहरूले देशभरी खुशियाली मनाएको समाचारमा जनाइएको छ ।
फिडेस नेतृत्वको गठबन्धनले ७१ प्रतिशत मत गणना हुँदा नै ५४.६५ प्रतिशत मत प्राप्त गरेको थियो ।
विपक्षी छ पार्टीको गठबन्धनले भने ३३.५५ प्रतिशत मात्रै मत प्राप्त गरी दोस्रो भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कुल १९९ संसदीय सिट मध्ये १३४ सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । यसअघि सन् २०१८ मा भएको निर्वाचनमा उहाँले गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो । गठबन्धनले सन् २०१८, २०१४ र २०१० मा झैँ अत्यधिक मत प्राप्त गरेको हो ।
देशभरी मतदान अधिकार पाएकाको सङ्ख्या ७० लाख ८० हजार रहेको छ । निर्वाचनका लागि देशभरी १० हजार मतदान केन्द्र तय गरिएको थियो ।
सन् १९९८ देश शक्तिमा आउनुभएका ५८ वर्षिय प्रधानमन्त्री अर्वानले सुरुमा सन् २००२ सम्म शासन गर्नुभएको थियो । त्यसपछि सन् २०१० मा फेरि शक्तिमा आउनुभएको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]