
File Photo. The Prime Minister, Shri Narendra and the Prime Minister of Nepal, Shri K.P. Sharma Oli at the inauguration of the Pashupati Nath Dharamshala at Tilganga, in Kathmandu, Nepal on August 31, 2018.
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मसालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मसाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ ।
कोष र होटेल आनन्द प्रालीकाबीच धर्मसाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्द प्रालीले पालना नगरेकाले सम्झौता रद्द गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकासित गरी सम्झौता रद्द भएको जनाएको छ ।
कोष र प्रालीबीचको सम्झौता रद्द भएको विषयमा लेखिएको पत्र कोषका पदाधिकारी तथा कर्मचारीले बुझाउन जाँदा प्राली (बतास समूह)ले बुझ्न नमानेको कोषका सदस्य सचिव डा मीलनकुमार थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “होटेल आनन्द प्रालीले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता अनुसार पालना गरेको पाइएन, कोष सञ्चालक परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय गर्यो, सम्झौता रद्द भएको पत्र बुझाउन जाँदा बतास समूहले बुझ्न मानेन् ।”
बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले कोषमार्फत होटल आनन्द प्रालिलाई धर्मसाला खाली गर्न बिहीबार पत्राचार गरेको थियो ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर