काठमाडौँ । सन् २०२२ को वसन्तयामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि २२ आरोही समूहले आरोहण अनुमति पाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार ३१ मार्चसम्म २२ आरोहण दललाई आरोहण अनुमति जारी भएको छ । यसमा सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) आरोहणका लागि मात्रै पाँच समूहले अनुमति लिएका छन् । अन्नपूर्ण (८०९१ मि) आरोहणका लागि चार, अमादब्लम (६८१४ मि) मा एक, ल्होत्से (८५१६ मि) मा एक, कञ्चनजङ्घा (८५८६ मि) मा एक, धौलागिरि (८१६७ मि) आरोहणका लागि एक आरोही समूहले आरोहण अनुमति लिएका छन् ।
त्यसैगरी मिलुङ्ग चुलीका लागि दुई, नुप्सेका लागि दुई, भेम्दोङ्ग, गङ्गापुर्न र थापा पिकका लागि समान एक समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सबै हिमाल तथा पिक गरेर २२ टिमका ३७ महिला र ११६ पुरुष गरी कूल १५३ आरोही आरोहणमा निस्किएका हुन् । ति हिमाल तथा पिक आरोहणबाट पाँच करोड ६१ लाख ४४ ५५० रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]