काठमाडौँ। नेपाल लगातार तेस्रो खेलमा जीत निकाल्दै त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । पपुवा न्युगिनीलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ३७ रनले हरायो । नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो ।
पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ४७ बल खेल्दै ९ चौका प्रहार गरे । टोनी उराले ४३ रन बनाए । त्यस्तै सेसे बाउले २५ रनको योगदान गरे भने नोरमान भानुअले १७, रिले हेकुरेले ६, चाड सोपरले २ तथा कप्तान असद भालाले एक रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसीले ह्याट्रिससहित ५ विकेट लिए । त्यस्तै अविनास बोहरा र सोमपाल कामीले दुई/ दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ३३ बल खेल्ने क्रममा तीन चौका र चार छक्का प्रहार गरे । यस्तै रोहित पौडेलले ४१, आशिफ शेखले ३८, मोहमद आदिलले ३१, कुशल भुर्तेलले १७, आरिफ शेखले २ तथा करण केसीले एक रन बनाए ।
बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले तीन, राइली हेकुरेले दुई तथा नोर्मान आनुअ र नोसैना पोकनाले एक/एक विकेट लिए । जीतसँगै नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको शीर्षस्थानमा छ । सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले अब शनिबार मलेसियासँग खेल्नेछ ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ