सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा आज क्षमा पूजा गर्नुभएको छ ।
उहाँले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गर्नुभएको हो । सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षातमा आएको बाढीले क्षति पुर्याएको थियो ।
मेलम्ची खोलामा आएको बाढीले सो आयोजनाको ड्याममा क्षति पुगेपछि हालसम्म यहाँबाट पानी वितरण गर्न सकिएको छैन ।
मन्त्री चौधरी आज मेलम्ची खानेपानीको बाढीले क्षति पु¥याएको अम्बाथान अडिट बाँधस्थल ड्याम साइट पुगेर खानेपानी पुनः वितरणका लागि भइरहेका कामको अनुगमन पनि गर्नुभयो ।
सरकारले चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ लैजाने लक्ष्य लिएको छ । मन्त्री चौधरी समयसमयमा यस आयोजनास्थलमा आई यही चैत मसान्तसम्म काठमाडौँ पानी पुर्याउने काममा भएका प्रगतिको अनुगमन गर्नुभएको छ ।
उहाँले सो आयोजनाका नेतृत्व तथा कर्मचारीलाई यही चैत मसान्तसम्म काठमाडौँमा पानी पुर्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार