काठमाडौँ। विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि रु १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व सुदृढ, वित्तीय समाधानमा विविधता ल्याउन र वित्तीय सेवाहरूमा पहुँच बढाउन ऋणस्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय आज गरेको हो ।
व्यक्तिगत लगानीको परिचालन र आर्थिक गतिविधि सञ्चालनका लागि राम्रोसँग काम गर्ने वित्तीय प्रणाली मुख्य सक्षमता भएको बताउँदै माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले वित्तीय क्षेत्रलाई बलियो बनाएर, यो परियोजनाले नेपालको हरित, लचिलो र समावेशी पुनरुत्थान र आर्थिक वृद्धिको मार्गमा योगदान पुर्याउने तथा विशेष गरी गरिब र जोखिममा परेकाहरूलाई फाइदा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल सरकारको रूपान्तरणकारी वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन, कोभिड–१९ महामारीको प्रभावको सन्दर्भमा वित्तीय स्थायित्वका जोखिमलाई सम्बोधन गन, निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिमा टेवा पुर्याउन, बैंकिङ क्षेत्रको पर्यवेक्षणलाई बढावा दिन तथा वित्तीय साक्षरताको माध्यमबाट तरलता र समावेशिता बढाउने प्रयासमा ऋण सहयोग उपयोगी हुने बैंकले जनाएको छ ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची